बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ज्ञान, विज्ञान र व्यवहार : सीपयुक्त मानव पुँजी निर्माणमा इम्बार्क

बुधबार, माघ ९ २०८१

गोल्छा समूह र ग्लोकल प्राइभेट लिमिटेडको संयुक्त लगानीमा इम्बार्क कलेज सञ्चालनमा आएको हो। सशक्त उद्यमशीलता, बजारको आवश्यकता तथा दिगोपन साथै सामुदायिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्य कलेजको लिएको छ।

काठमाडौं- शिक्षालाई एउटा प्रक्रियाका रुपमा हेर्ने हो भने त्यसका लागि सिकाइको महत्वपूर्ण पाटो हो शैक्षिक संस्था। शिक्षित बनाउनु, विकसित गर्नु र अघि बढाउनु आधुनिक शिक्षा प्रणालीको अंग हो भने त्यसमा पाठ्यक्रम र सिकाइ प्रक्रिया शीर्षमा रहन्छ।  

आधुनिक विश्वमा शिक्षा केही जान्नुसँग मात्रै सम्बन्धित छैन। त्यसमा जोडिएका यावत पक्षले विश्व बजारको नापतौलमा अब्बल देखिने आधारहरूको खोजी गरिरहेको हुन्छ। त्यसैले एउटा ढाँचामा बाँधिएको प्रणालीमा ज्ञानवान बन्न कस्तो शैक्षिक संस्था भन्ने प्रश्न महत्वपूर्ण हुन्छ। 

ज्ञानशक्तिको विकासका लागि उचित वातावरण भएन भने उच्चकोटीको दरिन मुस्किल हुन्छ। त्यसैले शिक्षाका लागि वातावरण र प्रक्रिया मुख्य औजार भइरहेको छ। सैद्धान्तिक विवरणको ज्ञानसँग प्रयोग गर्न सकिने विज्ञान जब जोडिन्छ तब अनुभवजन्य व्यवहार सफल हुन्छ। यसैलाई ध्यानमा राखेर ललितपुर पुल्चोकमा सुरु भएको छ इम्बार्क कलेज। 

गोल्छा समूह र ग्लोकल प्राइभेट लिमिटेडको संयुक्त लगानीमा इम्बार्क कलेज सञ्चालनमा आएको हो। सशक्त उद्यमशीलता, बजारको आवश्यकता तथा दिगोपन साथै सामुदायिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्य कलेजको लिएको छ। 

रोहेम्प्टन विश्वविद्यालय लन्डन (यूके)सँगको शैक्षिक साझेदारीमा सञ्चालन भएको इम्बार्क कलेज पौरखी बन्ने बाटोमा लाग्नेहरूका लागि फलदायी हुने बताइएको छ। कलेजले सुविधासम्पन्न भौतिक पूर्वाधार र समय सुहाउँदो पाठ्यक्रम विकास गरेर काम गरिरहेको छ। 

Embark college (2).jpg

‘पाठ्यक्रम पुरानो भयो, बजारमा जागिरका लागि जस्तो जनशक्ति चाहिएको छ त्यस्तो जनशक्ति शिक्षाले दिएन साथै कलेजभित्र विद्यार्थीलाई सीप विकास गर्ने खालको वातावरण र पढाइ भएन भन्ने गुनासोहरू आइरहन्छ। अहिलेको समयमा ज्ञानसँगै शिक्षाको मूल उद्देश्य नै राम्रो जागिर भइरहँदा त्यही ढंगले काम गर्नुपर्ने देखियो र हामी अघि बढ्यौँ’ इम्बार्क कलेजका कार्यकारी निर्देशक आशिष ठाकुरले भने। 

नेपाल सरकारको नियमअनुसार हरेक वर्ष दुईवटा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाउने हुँदा आफूहरूले अहिले बीएससी बिजनेस म्यानेजमेन्ट र एमबीएका कार्यक्रम सञ्चालन गरिरहेको ठाकुरले बताए। यससँगै आउने वर्ष आईटीका विभिन्न कार्यक्रमका साथै अहिले नै पनि छोटो समयका विभिन्न कोर्सहरू पनि तयार गरिसकेको उनले बताए। त्यस्ता तालिमका साना कोर्सहरू इम्बार्कमा पढिरहेका विद्यार्थीबाहेक अन्य इच्छुकले पनि लिन सक्छन्।

इम्बार्कमा सेतो भवनको सुन्दर कलामा हेर्नलायक संरचना तयार भएको छ। सबै कोठालाई विशेष ख्याल गरेर निर्माण गरिएको छ। गोलाकार लाग्ने संरचनाको हरेक कुनाको साजसज्जा उत्कृष्ट देखिन्छ। हरेक तलाअनुसार नेपालको प्रकृति र बहुगुण झल्कने नामहरू दिइएको छ। 

Embark college (3).jpg

भुइँतलाका प्रत्येक कोठाको नाम तराईका विभिन्न नदीका नामबाट राखिएका छन्। त्योभन्दा माथिल्लो तला जहाँ विद्यार्थी अध्ययन गर्छन्, तिनको नाम पहाडका विभिन्न तालको नामबाट राखिएका छन्। त्यसभन्दा माथिल्लो तलाका कोठाहरू विभिन्न हिमालको नामबाट बनाइएका छन्। तराई, पहाड र हिमालको संयोजनले सिंगारिएका भवनले आफ्नोपनको नौलो अनुभूति दिन्छ। 

‘यहाँको वातावरण निकै सकारात्मक र शान्त छ। पूर्वाधार पनि राम्रो बनेको छ। विद्यार्थीलाई हरेक किसिमको सुविधा हुनेगरी काम गरेका छौँ। कलेजभित्र पस्दा विद्यार्थीलाई राम्रो सोच आओस् भन्ने ध्यान दिएर हामीले काम गरेका छौँ’ ठाकुरले सुनाए। 

उद्योग र कर्पोरेटलाई चाहिने जनशक्ति बजारमा पर्याप्त छैन भन्ने गुनासोहरू सुनिराखिने भन्दै ठाकुर भन्छन्, ‘विद्यार्थीले जागिर नपाउनु र कम्पनीहरूले दक्ष जनशक्ति नपाउनुबीच केही न केही बिग्रिरहेको छ भन्ने लाग्यो। देशमा उद्यमी बन्न चाहाने मानिस हुनु तर त्यसअनुसार सहयोग नहुनु भनेको राम्रो पक्कै भएन। त्यही खाली ठाउँ पूरा गर्न हामीले शिक्षामा अझ अघि बढ्नेगरी काम सुरु गरेका हौँ।' 

Embark college (7).jpg
इम्बार्क कलेजका कार्यकारी निर्देशक आशिष ठाकुर

हुन त यसअघि पनि शिक्षा क्षेत्रमा आउनेहरुले नयाँ ढंगले समाजको आवश्यकताअनुसार नै काम गर्ने बताउँदै आएका हुन्। यसमा इम्बार्कका कार्यकारी निर्देशक ठाकुर भन्छन्, ‘सबैको चाहना राम्रो गर्ने हुँदाहुँदै पनि त्यही खालको व्यवस्थापन नमिलेको हुन सक्छ। योजना बनाएका कुराहरू प्रयोगमा ल्याउन समस्या भएको पनि हुन सक्छ। शिक्षा क्षेत्रमा धेरै परिवर्तन र राम्रा कामहरू पनि भइरहेका छन्। सबै कुराहरूबाट सिक्दै अनुभवि टिम बनाएर हामीले काम गरिरहेका छौँ।' 

बीएससी बिजनेस म्यानेजमेन्ट यूकेको हुँदाहुँदै पनि आफूहरूले त्यसलाई आवश्यकताअनुसार नेपालीकरण गरेर चार वर्षकै कार्यक्रम ल्याएको ठाकुरले सुनाए। ‘सबै शैक्षिक कार्यक्रम नेपाल सरकारबाट अनुमतिप्राप्त कार्यक्रम हुन्। यी विषयहरू पढाउन शैक्षिक क्षेत्रमा १० वर्षको अनुभव भएकाहरू हामीसँग हुनुहुन्छ। त्योसँगसँगै युनिभर्सिटीको सिटिङ प्रो भाइस चान्सलरलाई हामीले यहाँ प्रिन्सिपलको रुपमा ल्याएका छौँ’ उनले भने।  

उद्यमशीलताको विकासका लागि कलेजमा ‘इम्बार्क बिजनेस इन्क्युबेसन सेन्टर’ बनाएर त्यसमा पनि दक्ष व्यक्तिहरूलाई आबद्ध गरेको ठाकुरले बताए। ‘नेपालमा नै विभिन्न उद्यम गरिरहेका व्यक्तित्वलाई त्यसमा मेन्टरसीपका लागि टिममा राखेका छौँ। एकेडेमिक्समा पनि सहयोग हुनेगरी हरेक व्यक्तिले आफ्नो समस्या समाधानमा सहयोग पाओस् भन्ने सोचेर टिम बनाएका छौँ’ उनले भने। 

Embark college (5).jpg

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै ४७ अर्ब ३४ करोड रुपैयाँबराबर खर्च गरेका छन्। देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालन भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको संख्या उस्तै रहेको छ। यसैले विदेशमा हुने शैक्षिक शैली नेपालमा नै दिन सक्दा विद्यार्थी यहाँ नै राख्न पनि मद्धत हुने नै छ। 

‘विद्यार्थी बाहिरिए भनेर सुनेको धेरै वर्ष भइसक्यो। तर नेपालमा नै राम्रो कलेजहरूमा त विद्यार्थी पुगिरहेकै छन्। विद्यार्थी पुग्नुमात्र मूल उद्देश्य त होइन राम्रो शिक्षा दिनु मूल उद्देश्य हो। त्यो राम्रो शिक्षा हामीले दिइरहँदा विद्यार्थीको संख्या पनि पुग्छ’, इम्बार्कका कार्यकारी निर्देशक ठाकुर भन्छन्, ‘हामीले गर्न लागेको काममा हजारौँ विद्यार्थी आइहालुन् र भोलिबाट पैसा कमाइहालौँ भन्ने पनि होइन। शैक्षिक क्षेत्रमा बिजनेससँगसँगै एउटा ठूलो उत्तरदायित्व पनि हुन्छ।'  

Embark college (6).jpg

नेपालमा उद्यम गर्न खोजेका र नेपालमा बसेर केही काम गरौँ भन्ने सोच भएका युवाहरू नै आफ्ना लागि लक्षित विद्यार्थीहरू रहेको ठाकुर बताउँछन्। ‘हाम्रो उद्देश्य विद्यार्थीले बजारमा अवसर पाइहालुन् भन्ने नै हो। एमबीए त एमबीए विथ प्लेसमेन्ट नै हो। हरेक विद्यार्थी कुनै उद्यम र जागिरमा हुनै पर्छ। हाम्रो पाठ्यक्रम नै त्यहीअनुसार विकास गरिएको छ’ उनले भने। 

नेपालका उद्यमीहरूसँग सल्लाह गरेर नै आफूहरूले पाठ्यक्रम विकास गरेको ठाकुरले बताए। उनी भन्छन्, ‘जागिरमा गएपछि थप ट्रेनिङ आवश्यक नहोस् भन्ने सोचेर हामीले कोर्स बनाएका छौँ। नेपाल सरकारकै नियमअनुसार १० प्रतिशत पूर्ण छात्रवृत्ति पनि दिने छौँ। जुन शतप्रतिशत नि:शुल्क हुनेछ। यसका लागि हामीले फेमवर्क बनाएका छौँ त्यहीअनुसार छनोट गर्छौँ।' 

Embark college (8).jpg

नेपालबाट सबै बाहिरिए, यहाँ युवाहरू बस्न चाहँदैनन् भन्ने भाष्य बदल्नसमेत आवश्यक रहेको ठाकुर बताउँछन्। यहाँ पनि त काम भइरहेको छ, देशमा केही पनि नभएको होइन भन्ने सोचको विकास आवश्यक भएको उनलाई लाग्छ।

भन्छन्, ‘यहाँ यतिका व्यवसायहरू चलिरहेका छन्। केही न केही त भइरहेकै छ। सबै गयो, गयो भन्ने सुन्दासुन्दा जान नै थाल्ने सोच हुन्छ। त्यसैले यहाँ पनि भइरहेका कामहरूबारे कुराकानी हुन जरुरी छ। नेपालमा नपाएर कोही पनि विद्यार्थी बाहिर जान नपरोस्।'

भिडियोमा हेर्नुहोस् -


प्रकाशित : बुधबार, माघ ९ २०८११०:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend