शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

भारतको नयाँ दिल्लीमा नाडा, एएसडीसी र एसीएमएबीच सम्झौता

images
मंगलबार, माघ ८ २०८१
images
भारतको नयाँ दिल्लीमा नाडा, एएसडीसी र एसीएमएबीच सम्झौता

उक्त सम्झौतामा नाडाका तर्फबाट अध्यक्ष करण चौधरी, एएसडीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अरिमदम लाहिरी र एसीएमएको तर्फबाट महानिर्देशक भिनी मेहताले हस्ताक्षर गरेका हुन्।

images
images

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल, अटोमोटिभ स्किल डेभलपमेन्ट काउन्सिल (एएसडीसी) र अटोमोटिभ कम्पोनेन्ट म्यानुफयाक्चर्स एशोसिएन (एसीएमए) बीच त्रिपक्षीय सम्झौता भएको छ। 

images
images
images

गएको जनवरी १९ मा तीन संस्थाबीच चार बुंँदे सम्झौता सम्पन्न भएको हो। उक्त सम्झौतामा नाडाका तर्फबाट अध्यक्ष करण चौधरी, एएसडीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अरिमदम लाहिरी र एसीएमएको तर्फबाट महानिर्देशक भिनी मेहताले हस्ताक्षर गरेका हुन्। 

images
images

सम्झौताका बुँदामध्ये पहिलोमा, यस सम्झौताले एएसडीसी, एनएडीए र एसीएमएबीच सहकार्यात्मक साझेदारीको खाका तय गरेको छ जसले नेपालको अटोमोटिभ म्यानुफ्याक्चरिङ र डिलरशिप क्षेत्रमा सीप विकासलाई बढावा दिन नेपालको अटोमोबाइल क्षेत्रमा संलग्न प्रशिक्षकहरू, मूल्यांकनकर्ताहरू र नाडा व्यवसायीहरुलाई तालिम कार्यक्रमहरू सञ्चालन गर्ने उल्लेख छ।   

images
images

दोस्रोमा अटोमोटिभ उद्योग जसले यसको व्यापक अगाडि र पछाडिको लिंकेजको कारण, प्रत्यक्ष र अप्रत्यक्ष रोजगारको  एक महत्वपूर्ण जेनरेटरको रूपमा कार्य गर्दछ, यसको विकासलाई टेवा पुर्‍याउन, गुणस्तर र तालिम क्षमताहरूको दुरीलाई सम्बोधन र यसको वृद्धिका लागि गुणस्तरिय तालिम क्षमताहरु उपलब्ध गराउने उल्लेख छ।

तेस्रोमा तीनै पक्षहरूले नेपालको अटोमोटिभ क्षेत्रको मागहरु पूरा गर्न तालिमका लागि पूर्वाधारलाई सुदृढ गर्न सीप विकासका तालिमकर्ताहरु र मूल्यांकनकर्ताहरूको विकास गरिने उल्लेख छ। 

चौथो बुँदामा उल्लेख भएअनुसार भारतको अटोमोटिभ क्षेत्रको लागि सीप विकास परिषद्को रूपमा, पाठ्यक्रम विकास, तालिम डेलिबरी, र  मूल्यांकन मेकानिजममा विशेषज्ञता हासिल गरेको एएसडीसीले एसीएमएसँग मिलेर नेपाली अटोमोटिभ क्षेत्रलाई फाइदा पुर्‍याउने कार्य गर्नेछन्। 

यो ऐतिहासिक त्रिपक्षीय सझौता नेपाल र भारतबीचमा खासगरी नेपालको अटोमोबाइल क्षेत्रको सीप विकासको लागि कोशेढुंगा सावित हुने विश्वास नाडाले लिएको छ। 

यही जनवरी १७ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजना भइरहेको भारत मोबिलिटी अन्तर्गत भइरहेको अटो प्रदर्शनीको सन्दर्भमा नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा एनएडीए केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ। 

सो हस्ताक्षर कार्यक्रममा एएसडीसीकातर्फबाट अध्यक्ष एफआर सिंगभी, उपाध्यक्ष भिन्केश गुलाटी, प्रोजेक्ट कोओर्डिनेटर नितिशकुमार चौरसियासमेतको उपस्थिति रहेको थियो। त्यसैगरी एसीएमएकातर्फबाट अध्यक्ष श्रद्धासुरी मारवाह, उपाध्यक्षद्धय विक्रमपती सिंघानिया र रितुन्च गुप्ताको उपस्थिति रहेको थियो।

त्यस्तै नाडाको तर्फबाट निवर्तमान अध्यक्ष ध्रुव थापा, वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रतीलगायतको उपस्थिति रहेको थियो।


प्रकाशित : मंगलबार, माघ ८ २०८११६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend