बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

टिकटकमाथि अमेरिकामा लाग्यो प्रतिबन्ध

आइतबार, माघ ६ २०८१
टिकटकमाथि अमेरिकामा लाग्यो प्रतिबन्ध

यही कानून कार्यान्वयन नगर्न माग गर्दै परेको रिटमाथि गत सातामात्र अमेरिकी अदालतले कानून अनुसार काम गर्न भनेको थियो। योसँगै कि अमेरिकी कम्पनीको स्वामित्व बिक्री गर्ने हैन भने बन्द गर्नुको बिकल्प कम्पनीसँग थिएन।

काठमाडौं- सयुक्त राज्य अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागेको छ। अमेरिकी अदालतले चिनियाँ स्वामित्वको टिकटकमाथि प्रतिबन्ध लगाउने बाटो खोलिदिएपछि आइतबारदेखि टिकटकमाथि प्रतिबन्ध लागेको हो। 

राष्ट्रपति जो बाइडेनले चिनियाँ स्वामित्वको टिकटकमाथि प्रतिबन्ध लगाउने कानून गत वर्ष नै ल्याएका थिए। यद्यपि उक्त कानूनका विरुद्धमा परेको मुद्दामा अन्तिम फैसला गर्दै कानून कार्यान्वयन गर्न अनुमति दिएको हो। 

अदालतले बाटो खोलिदिएसँगै अमेरिकामा शनिबार रातिदेखि नै टिकटक सटडाउन भएको हो। टिकटकसँगै चिनियाँ कम्पनी बाइडेन्सका अन्य एप पनि अफलाइन भएका छन्। लोकप्रिय भिडियो एडिट एप क्यापकट पनि बन्द भएको छ। 

छोटो भिडियो सेयरिङ सामाजिक सञ्जालका रुपमा आएर संसारभर युवापुस्तमाझ लोकप्रिय बनेको टिकटक अमेरिकामा पनि लोकप्रिय थियो। अमेरिकामै १७ करोड प्रयोगकर्ता रहेका छन्। यी सबै प्रयोगकर्ताबाट अमेरिकीहरूको डेटा संकलन गरेको र त्यसमाथि चिनियाँ कम्युनिष्ट पार्टीको पहुँच हुने अमेरिकी आरोप रहेको छ।

चिनियाँ कम्पनी बाइटडेन्सको मुख्यालय चीनमा रहेको छ। चिनियाँ कम्पनीका सबै तथ्यांकमा कम्युनिष्ट पार्टीको पहुँच हुने र त्यसबाट उसले अर्को देशमाथि हमला गर्न उपयोग गर्ने भएकाले चिनियाँ स्वामित्वको टिकटक राष्ट्रिय सुरक्षाका लागि खतरा हुने भन्दै कानून बनेको थियो। 

यही कानून कार्यान्वयन नगर्न माग गर्दै परेको रिटमाथि गत सातामात्र अमेरिकी अदालतले कानून अनुसार काम गर्न भनेको थियो। योसँगै कि अमेरिकी कम्पनीको स्वामित्व बिक्री गर्ने हैन भने बन्द गर्नुको बिकल्प कम्पनीसँग थिएन। 

सन् २०१७ मै भोलिदेखि कार्यभार सम्हाल्ने अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ स्वामित्व खण्डित नभए टिकटकमाथि प्रतिबन्ध लगाउने ‍धम्की दिएका थिए। तर पछिल्लो समय उनको धारणा फेरिएको कतिपय पछिल्ला भाषणबाट देखिएको छ। प्रतिबन्ध भन्दा पनि चिनियाँ सरकारसँगको ट्रेडडिलमै टिकटक विवादलाई सुल्झाउने उनले प्रतिबद्धतता जनाएका छन्। 

प्रभावशाली सामाजिक सञ्जालको पहिचान बनाएको टिकटक अमेरिका चीनबीचको व्यापारयुद्धको शिकार भएपनि छिटै अमेरिकामा टिकटक फर्किने धेरैले आश गरेका छन्। 


प्रकाशित : आइतबार, माघ ६ २०८११०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend