बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मर्क्योरले खोल्यो नेपालमा आफ्नो पहिलो होटल : मर्क्योर काठमाडौं सुकेधारा हाइट्स

बिहीबार , माघ ३ २०८१
मर्क्योरले खोल्यो नेपालमा आफ्नो पहिलो होटल : मर्क्योर काठमाडौं सुकेधारा हाइट्स

दिनभरि चल्ने भोजन रेस्टुरेन्ट डाइनले अन्तर्राष्ट्रिय क्लासिक्सदेखि प्रामाणिक स्थानीय स्वादसम्मको मेनु प्रदान गर्नेछ।

काठमाडौं- सन् १९७३ देखि स्थानीय अनुभवहरू प्रदान गर्न समर्पित मर्क्योर नेपालमा यस ब्रान्डको पहिलो होटल मर्क्योर काठमाडौं सुकेधारा हाइट्स सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार होटलको उद्घाटन गरेका हुन्।

यस होटलमा पाहुनाहरूले अत्याधुनिक सुविधा प्राप्त गर्न सक्ने सञ्चालकको भनाइ छ। परम्परागत नेपाली सजावटसँग आधुनिक डिजाइन मिसिएको भित्री भागहरूले यस ठाउँको समृद्ध सम्पदा झल्काउने आत्मीय वातावरण सिर्जना गर्ने बताइएको छ।

होटलको अर्को आकर्षण भनेको विविधतायुक्त पकवानहरूको अनुभव पनि हो। दिनभरि चल्ने भोजन रेस्टुरेन्ट डाइनले अन्तर्राष्ट्रिय क्लासिक्सदेखि प्रामाणिक स्थानीय स्वादसम्मको मेनु प्रदान गर्नेछ।

सोप्रा इटालियनले अथेन्टिक इटालियन खाना प्रदान गर्दछ भने जाइकाले परम्परागत भारतीय खाना प्रदान गर्दछ। थप आरामदायी वातावरण खोज्नेहरूका लागि शुक्र बारले भित्री र बाहिरी दुवै सिटहरु भएको रूफटप लाउन्ज सेटिङ प्रदान गर्नेछ।

पाहुनाहरूले होटलको रूफटप इन्फिनिटी पुलमा काठमाडौं उपत्यकाका दृश्यहरू हेर्दै आराम गर्न सक्नेछन् भने स्टिम र साउना सुविधासहितको अत्याधुनिक फिटनेस सेन्टरमा आफूलाई रिचार्ज गर्न पनि सक्नेछन्। आफ्नो बसाइको समयमा पाहुनाहरूले यी सुविधाहरू लिन सक्छन्।

होटलले विवाहदेखि कर्पोरेट बैठक र सामाजिक उत्सवहरूसम्मका कार्यक्रम र जमघटहरूको लागि उपयुक्त स्थान पनि प्रदान गर्ने जनाएको छ।

'मर्क्योर काठमाडौं सुकेधारा हाइट्सको उद्घाटन एसियाभरि एकोरको विस्तार यात्रामा एक प्रमुख कोसेढुंगा हो। यो होटल हामीले सेवा गर्ने गन्तव्यहरूको समृद्ध संस्कृति र सम्पदाको उत्सव मनाउँदै यात्रुहरूलाई विशिष्ट र इमर्सिभ अनुभवहरू प्रदान गर्न प्रतिबद्ध छ। मर्क्योर काठमाडौं सुकेधारा हाइट्सले प्रत्येक स्थानको सम्पदा प्रवर्द्धन गर्ने हाम्रो लक्ष्यलाई मूर्त रूप दिन्छ', एकोरका प्रिमियम, मिडस्केल र इकोनोमी डिभिजन, एसियाका चिफ अपरेटिङ अफिसर गार्थ सिमन्सले भने।

सन् १९७३ मा स्थापना भएदेखि मर्क्योर पाहुनाहरूका लागि एक इमर्सिभ अनुभव सिर्जना गर्दै प्रत्येक गन्तव्यका सम्पदाहरू प्रवर्द्धन गर्न समर्पित छ। ६० भन्दा बढी देशहरूमा १ हजारभन्दा बढी होटलहरूको विश्वव्यापी पोर्टफोलियो भएको र २ सय २० भन्दा बढी अन्य संरचनाहरू विकास गर्दै आएको जनाएको छ।


प्रकाशित : बिहीबार , माघ ३ २०८१११:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend