बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

हुन्डाई क्रेटा इलेक्ट्रिकको 'फस्ट लुक्स'

बिहीबार , माघ ३ २०८१
हुन्डाई क्रेटा इलेक्ट्रिकको 'फस्ट लुक्स'

काठमाडौं- हुन्डाईको क्रेटा इलेक्ट्रिक औपचारिक रूपमा शुक्रबार भारत मोबिलिटी ग्लोबल एक्सपोमा सार्वजनिक हुँदैछ। त्यसअघि कम्पनीले मिडिया ड्राइभ गराइसकेको छ।

भारतको चन्नईमा क्रेटा इलेक्ट्रिकको मिडिया ड्राइभ भएको हो। जहाँ क्रेटा इलेक्ट्रिकको फस्ट लुक्स र ड्राइभिङ गराइएको थियो। एसयूभीको पूर्ण अनुभव गर्न सकिने क्रेटा इलेक्ट्रिक डिजाइनमा पनि रेगुलर क्रेटाभन्दा फरक पाइन्छ।

creta 4.jpeg

क्रेटा इलेक्ट्रिकमा भएका विभिन्न ड्राइभ मोड र यसमा भएको लेन असिस्टले सहरी क्षेत्रमा चलाउस निक्कै सहज हुन्छ।

चेन्नाईबाट पुदुचेरीसम्मको यात्रामा क्रेटा इलेक्ट्रिक आरामदायी देखियो। स्पेसियस क्याबिन, ठूलो टचस्क्रिन डिस्प्ले र अटोमेटिक क्लाइमेट कन्ट्रोल यात्रालाई थप सजिलो बनाउन मद्दत गर्छ। 

क्रेटा इलेक्ट्रिक ४२ र ५१.४ किलोवाट आवर क्षमताको दुई ब्याट्री अप्सनमा उपलब्ध छ। यी ब्याट्रीले एक पटकको चार्जमा क्रमशः ३ सय ९० र ४ सय ७३ किलोमिटरसम्म रेन्ज दिने दाबी कम्पनीको छ। 

creta.jpeg

क्रेटा इलेक्ट्रिकलाई फास्ट चार्जरको प्रयोग गरेर ४५ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ। भारतमा शुक्रबार सार्वजनिक हुने क्रेटा इलेक्ट्रिक एक महिनापछि लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाली बजारमा उपलब्ध गराउने छ।

creta 5.jpeg


प्रकाशित : बिहीबार , माघ ३ २०८१०८:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend