बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एमजीको सर्भिसका लागि सुकेधारा र सल्लाघारीमा खोलियो आधिकारिक दुई नयाँ केन्द्र

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ २ २०८१
एमजीको सर्भिसका लागि सुकेधारा र सल्लाघारीमा खोलियो आधिकारिक दुई नयाँ केन्द्र

काठमाडौं- एमजी मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक पारामाउन्ट् मोटर्स प्रालिले काठमाडौंमा दुईवटा नयाँ अत्याधुनिक सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको छ।

कुसुन्तीमा खोलेको पहिलो सेवा केन्द्रको सफलतापछिको कदमको रूपमा एमजी मोटर्स नेपालले २०२५ जनवरी १४ मा सुकेधारा र सल्लाघारीमा थप सेवा केन्द्रहरू खोलेका छन्। यी केन्द्रहरूले आधिकारिकरुपमा आफ्नो सेवा प्रदान गर्न सुरु गरेका छन्।

यी नयाँ सेवा केन्द्रहरूले कुसुन्ती सेवा केन्द्रमा लागु गरिएका उन्नत प्रविधि र उच्च सेवा मापदण्डहरूलाई प्रयोगमा ल्याएका छन्। कुसुन्ती सेवा केन्द्र २०२३ मा खोलिएदेखि ग्राहकको सेवामा नयाँ मापदण्ड स्थापना गरेको छ। परिचालनमा आएका दुबै केन्द्रमा ग्राहकहरूको सहुलियतका लागि अत्याधुनिक डायग्नोस्टिक र मर्मत उपकरणहरू उपलब्ध गराइएको जनाइएको छ।

'सुकेधारा र सल्लाघारीमा यी नयाँ सेवा केन्द्रहरू खोल्न पाउँदा खुशी छौँ', एमजी मोटर्स नेपालका प्रवक्ताले भने, 'हाम्रो उद्देश्य भनेको कुसुन्ती सेवा केन्द्रको प्रसिद्धि र उत्कृष्ट सेवालाई विस्तार गर्नु हो। यी नयाँ स्थानहरूले काठमाडौंका एमजी प्रयोगकर्ताहरूलाई हाम्रो सेवालाई अधिक सुलभ बनाउन मद्दत गर्नेछन्।'

एमजी मोटर्स नेपालले स्थापनादेखि नवप्रवर्तनात्मक मोटरगाडी समाधान र उत्कृष्ट ग्राहक सेवामा आफ्नो प्रतिबद्धता निरन्तर राख्दै आएको छ। अत्याधुनिक सुविधामा गरेको निरन्तर लगानीले ग्राहकहरूको अनुभवलाई अझ सुदृढ बनाउने सक्ने विश्वास पारामाउन्टले लिएको छ। 


प्रकाशित : बुधबार, माघ २ २०८११३:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend