शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सहजपुर-निगाली सडक स्तरोन्नतिका लागि सम्झौता प्रक्रिया अन्तिम चरणमा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस २६ २०८१
सहजपुर-निगाली सडक स्तरोन्नतिका लागि सम्झौता प्रक्रिया अन्तिम चरणमा

विश्व बैंकको ऋण सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत चुरे गाउँपालिकाको सहजपुर-निगालीसम्म १४ दशमलव ८५ किलोमिटर सडक स्तरोन्नति गरिने भएको हो।

कैलाली- कैलालीको चुरे गाउँपालिकामा झण्डै १५ किलोमिटर सडक स्तरोन्नतिको काम अघि बढ्ने भएको छ।

विश्व बैंकको ऋण सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत चुरे गाउँपालिकाको सहजपुर-निगालीसम्म १४ दशमलव ८५ किलोमिटर सडक स्तरोन्नति गरिने भएको हो। 

प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम प्रादेशिक आयोजना व्यवस्थापन इकाइ धनगढीका प्रमुख जगतराज जोशीले सहजपुरदेखि गाउँपालिकाको केन्द्रसम्म सडक स्तरोन्नति हुने जानकारी दिए।

सहजपुरदेखि चुरे गाउँपालिकाको केन्द्रसम्म साढे छ मिटर चौडाइ र त्यसपछि सिङ्गल लेन सडक कालोपत्र हुने उनले बताए। उक्त सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान गरी सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको आयोजना व्यवस्थापन इकाइ कार्यालय धनगढीले जनाएको छ। 

इकाइ प्रमुख जोशीले सडक क्षेत्रमा पर्ने रूख कटानका लागि आवश्यक प्रक्रिया सुरु गरिएको र सो काम सकिएपछि सडक स्तरोन्नतिको काम सुरु हुने बताए। 

यसैगरी, चुरे गाउँपालिका क्षेत्रभित्र ‘ट्र्याक’ खोलिएका कच्ची सडकलाई बाह्रै महिना सञ्चालनका लागि स्तरोन्नतिको काम भइरहेको छ। चौमाला-गर्भा दरबार, चौमाला-खैराला, सहजपुर-अलाडनिगाली, देउराली-मौरे सडकको ठेक्का सम्झौता भई स्तरोन्नतिको काम भइरहेको गाउँपालिकाका इन्जिनियर उमेशराज जोशीले बताए।

चुरे गाउँपालिकास्थित छवटै वडा गाउँपालिकाको केन्द्रसँग सडक सञ्जालले जोडिएकाले क्रमशः सबै सडकको स्तरोन्नति गर्दै जाने गाउँपालिकाको नीति रहेको उनले बताए। रासस


प्रकाशित : शुक्रबार, पुस २६ २०८११५:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend