बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

टाटाको ह्यारियर ईभी ७५ किलोवाट आवरको ब्याट्रीमा आउने, रेन्ज ५ सय किलोमिटर

बिहीबार , पुस २५ २०८१
टाटाको ह्यारियर ईभी ७५ किलोवाट आवरको ब्याट्रीमा आउने, रेन्ज ५ सय किलोमिटर

गतवर्षको अटो एक्स्पोमा टाटाले अभेन्या ईभी कन्सेप्ट सार्वजनिक गरेको थियो। उक्त अभेन्या ब्रान्डमै प्रिमियम ईभी ल्याउने तयारीसमेत कम्पनीले गरेको छ।

काठमाडौं- गतवर्ष प्रोटोटाइप सार्वजनिक भएको टाटा ह्यारियर ईभी यो वर्ष भने बिक्रीका लागि उपलब्ध गराउने तयारी गरेको छ। प्रोटोटाइपभन्दा केही फरक लुक्समा ह्यारियर ईभी यही जनवरी १७ मा हुने भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा सार्वजनिक गर्ने तयारी गरेको छ। 

पछिल्ला महिनाहरूमा टाटाले ह्यारियर ईभीको पटक-पटक परीक्षण गरेको तथ्यहरू भारतीय सञ्चारमाध्यममा आइसकेका छन्। त्यसैले भारत मोबिलिटी शोमा ह्यारियर ईभीको उत्पादन हुने भर्सन सार्वजनिक हुने अनुमान गरिएको हो। 

टाटा ह्यारियर ईभी ७५ किलोवाट आवर र ६० किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध हुनेछ। ह्यारियर ईभीले एकपटकको फुल चार्जमा ५ सय किलोमिटरभन्दा बढी रेन्ज दिने टाटा मोटर्सले यसअघि नै घोषणा गरिसकेको छ। 

ह्यारियर ईभी एडब्लूडी अप्सनमा उपलब्ध हुनेछ। ह्यारियर नयाँ हेडल्याम्प, एलईडी डेटाइम रनिङ लाइट, एरोस्टाइल अलोय ह्वीललगायत विशेषतासहित आउने छ। यद्यपी टाटा मोटर्सले ह्यारियर ईभी बिक्रीमा आउने मिति नबताए पनि २०२५ भित्रै बिक्रीका लागि बजारमा आइसक्ने जनाएको छ। 

टाटा मोटर्स विद्युतीय सवारी बिक्रीमा आक्रामक छ। नेक्सन ईभीबाट सुरु भएको टाटा मोटर्सको ईभी यात्रा तीव्र रुपमा विस्तार भइरहेको छ। हाल टाटाले ईभीका लागि अलग्गै एक्टिडटईभी प्लेटफर्म नै विकास गरिसकेको छ। 

हाल टाटा मोटर्सले नेक्सन ईभी, नेक्सन ईभी फेसलिफ्ट, टिगोर ईभी, टियागो ईभी, पन्च ईभी र कर्भ ईभी भारतीय बजारमा बिक्री गरिरहेको छ। यसका अलावा टाटाले ह्यारियर ईभी र सियरा ईभी बजारमा ल्याउने बताइसकेको छ। 

गत वर्षको अटो एक्स्पोमा टाटाले अभेन्या ईभी कन्सेप्ट सार्वजनिक गरेको थियो। उक्त अभेन्या ब्रान्डमै प्रिमियम ईभी ल्याउने तयारीसमेत कम्पनीले गरेको छ। 

टाटा मोटर्सका विद्युतीय कार नेपाली बजारमा समेत उपलब्ध छन्। २०२३ को तथ्यांकअनुसार टाटा मोटर्स नेपालमा सबैभन्दा धेरै विद्युतीय कार बिक्री गर्ने ब्रान्ड हो।

सिप्रदी ट्रेडिङले हाल टाटाको नेक्सन ईभी, टिगोर ईभी, टियागो ईभी र पन्च ईभी बिक्री गरिरहेको छ। अबको एक महिनाभित्र सिप्रदीले नेक्सन ईभीको फेसलिफ्ट भर्सन र कर्भ ईभी नेपाली बजारमा ल्याउने तयारी गरेको छ। 

भारतमा सार्वजनिक भएर बिक्रीमा आएपछि यही वर्ष ह्यारियर ईभी, सफारी ईभी र सियरा ईभी पनि नेपाली बजारमा आउने छन्।

आईसीई भर्सनको ह्यारियर भने नेपाली बजारमा एचफाइभ नाममा आयात भएर बिक्री भइरहेको छ। ईभी भर्सन ह्यारियर नाममै आउँछ वा नयाँ नाममा आउँछ त्यो भने खुलेको छैन। 


प्रकाशित : बिहीबार , पुस २५ २०८११०:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend