बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एलन मस्कको स्टारलिंकसँग प्रतिस्पर्धा गर्न लगानी बढाउँदै चिनियाँ सरकार

सोमबार, पुस २२ २०८१
एलन मस्कको स्टारलिंकसँग प्रतिस्पर्धा गर्न लगानी बढाउँदै चिनियाँ सरकार

स्टारलिंकले नेपालमा पनि सेवा दिनका लागि प्रक्रिया अघि बढाउन खोजेको छ तर यहाँको नीति र नियमले नदिने भन्दै प्रक्रिया अघि बढ्न सकेको छैन।

काठमाडौं- अमेरिकी धनाढ्य एनल मस्कको स्याटेलाइट इन्टरनेट परियोजनाका बारेमा संसारभर चर्चा बढिरहेको छ। युक्रेनमा 'डाइरेक्ट टू सेल'सम्मको सेवा दिएपछि स्टारलिंकको चर्चा झन बढेको छ। 

स्याटेलाइट इन्टरनेटको सेवा दिने मस्कको स्पेस एक्सअन्तर्गतको स्टारलिंकको सेवा भारतसम्मै पुग्ने तरखरमा छ। दक्षिण एसियाका अरु देशमा पनि यसको सेवा विस्तार हुँदैछ। 

स्याटेलाइट इन्टरनेटमा अमेरिकी कम्पनी स्टारलिंक आक्रामक भएपछि चीन सरकार नै प्रतिस्पर्धामा उत्रिएको छ। अमेरिकी निजी कम्पनीसँग भिड्नका लागि चीन सरकार नै बजारमा उत्रिएको छ। 

सामान्य सेवा नपुगेको ठाउँमा गुणस्तरीय कनेक्सन पुर्‍याउने दाबी स्टारलिंकले गरेको छ। स्टारलिंकले विश्वाव्यापी पहुँच यसैका आधारमा बढाउँदै गएपछि चीन सरकार नै यसको प्रतिस्पर्धामा उत्रिएको छ। 

अन्तरिक्षमा अहिलेसम्म २ हजार ७ सय स्याटेलाइट रहेका छन्। यसलाई स्टारलिंकले १२ हजार पुर्‍याएर दुनियाँको सबै हिस्सामा इन्टरनेट सम्भव बनाउने लक्ष्य लिएको छ। न्यून लेटेन्सी र उच्च गतिको इन्टरनेट पृथ्वीको सबै भूभागमा पुर्‍याउने लक्ष्य लिएको स्टारलिंकले अहिले भने १५० एमबीपीएसको गति दिएको दाबी गरेको छ। 

सेवा र गुणस्तरभनदा पनि भूराजनीतिक प्रभावको विस्तार भएको भन्दै चीन सरकारले स्टारलिंकसँग प्रतिस्पर्धा गर्न तीनवटा परियोजना एकसाथ अघि सारेको छ।

चीनले यी तीन परियोजनाबाट आगामी पाँच वर्षमै ३८ हजार लो अर्बिट स्याटेलाइट लञ्च गर्ने नीति लिएको छ। स्टारलिंकको भन्दा धेरै गुणा शक्तिशाली इकोसिस्टम बनाउका लागि भन्दै चीन सरकारले नै यसमा लगानी गरेको छ। 

स्टारलिंकले नेपालमा पनि सेवा दिनका लागि प्रक्रिया अघि बढाउन खोजेको छ तर यहाँको नीति र नियमले नदिने भन्दै प्रक्रिया अघि बढ्न सकेको छैन। तर अमेरिकी अधिकारी तथा स्टारलिंकका प्रतिनिधि भने चिनियाँ लविङका कारण आफूहरूलाई रोक्न खोजिएको बुझाइ छ। 


प्रकाशित : सोमबार, पुस २२ २०८१११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend