शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

रहफ भैरवस्थान-कालिकोट-हिल्सा सडक स्तरोन्नतिमा ८ अर्ब लाग्ने

शुक्रबार, पुस १९ २०८१
रहफ भैरवस्थान-कालिकोट-हिल्सा सडक स्तरोन्नतिमा ८ अर्ब लाग्ने

यो सडक अछाम र कालिकोट जिल्लामा पर्छ। सडकको क्षेत्राधिकार बीच रेखाबाट दायाँबायाँ २५/२५ मिटर गरी ५० मिटर प्रस्ताव गरिएको छ।

काठमाडौं- सरकारले रहफ-भैरवस्थान-अशारा-तुल्ता-बेलखेत-दुलाकोडा-भानाकोट-कालिकोट-हिल्सा-चीन सीमा सडक स्तरोन्नति गर्ने भएको छ।

८९.५६ किलोमिटर सडक स्तरोन्नतिका लागि भन्दै वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक गरेको छ।

यो सडक अछाम र कालिकोट जिल्लामा पर्छ। सडकको क्षेत्राधिकार बीच रेखाबाट दायाँबायाँ २५/२५ मिटर गरी ५० मिटर प्रस्ताव गरिएको छ।

प्रस्तावित सडक स्तरोन्नति गर्दा सडकको ट्रयाक खोल्ने, सडक छेउमा नाली निर्माण, क्रस ड्रेनेज र उपयुक्त संरचनाहरु निर्माण हुने छ। सडक स्तरोन्नतिको लागत ७ अर्ब ९२ करोड ७६ लाख २९ हजार ६ सय ६५ रुपैयाँ रहेको छ।

प्रस्तावित आयोजनाबाट अछाम जिल्लाको तुर्माखाँद गाउपालिका, कमलबजार र पञ्देवल विनायक नगरपालिका र कालिकोट जिल्लाको नरहहरिनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिका प्रभावित हुने छन्।

सडक रहफ नागडे, अशारा, कुनिगडा, रातिमाटा, तुल्ला, बेल्खेत, कुजेडा, ल्याटी, यामाडू, चिल्तडा, भानाकोट, घरा, गलेबजार, रेगिल, धकुकोट, सिस्नेगडा, माने, शान्तिघाट, भातडी, घुराबगर र बक्नगर हुँदै सडक विस्तार हुने छ।


प्रकाशित : शुक्रबार, पुस १९ २०८१११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend