बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेशअन्तर्गतका विधार्थीहरुलाई छात्रवृत्ति प्रदान

मंगलबार, पुस १६ २०८१
महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेशअन्तर्गतका विधार्थीहरुलाई छात्रवृत्ति प्रदान

यस सहयोगबाट कुनै पनि विद्यार्थीको उच्च शिक्षा हासिल गर्ने चाहनामा गतिशीलता प्रदान गर्न केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास बैंकको छ।

काठमाडौं- महालक्ष्मी विकास बैंकले कर्णाली प्रदेशअन्तर्गतका विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ।

शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीतिअनुरुप बैंकले विभिन्न कार्यक्रमहरु गरिरहेको छ।

सोहीअन्तर्गत महालक्ष्मी बैंकले कर्णाली प्रदेशअन्तर्गत १० जिल्लाका सरकारी विद्यालयबाट माध्यमिक शिक्षा परिक्षा (एसईई) पास गरी काठमाडौं उपत्यकामा प्लस टु तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत डिप्लोमा अध्ययन गर्न चाहने तर घरको आर्थिक अवस्था नाजुक भएका गरिब तथा जेहेन्दार विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो।

कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र, कालिकोटसँगको समन्वयमा आज बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यत्रमका बीच छात्रवृत्ति बराबरको रकम प्रदान गरिएको बैंकले जनाएको छ।

यस किसिमको कार्यबाट पैसाको अभावबाट गुज्रिरहेका कुनै पनि विधार्थीहरुको उच्च शिक्षा हासिल गर्ने चाहनामा गतिशीलता प्रदान गर्न केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै 'महालक्ष्मी स्मार्ट साथी' पनि सञ्चालनमा ल्याएको जनाएको छ। 


प्रकाशित : मंगलबार, पुस १६ २०८११६:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend