आइतबार, साउन ११ गते २०८२    
आइतबार, साउन ११ २०८२
images
images

तीन महिनापछि धुलिखेलमा खानेपानी वितरण

images
मंगलबार, पुस १६ २०८१
images
images
तीन महिनापछि धुलिखेलमा खानेपानी वितरण

दुई हप्ता लगाएर बाढीले क्षतिग्रस्त स्थानमा पाइप जडान गरी पानी वितरण सुरु गरिएको धुलिखेल खनोपानी तथा सरसफाइ समितिले जनाएको छ।

images

काभ्रेपलाञ्चोक- धुलिखेल खानेपानी आयोजनाको आंशिक पुनःनिर्माणपछि पानी वितरण सुरु भएको छ। 

images
images

गत असोज दोस्रो साताको बाढीपहिरोले आयोजनामा क्षति पुर्‍याएपछि नगरक्षेत्रमा खानेपानी अवरुद्ध थियो। दुई हप्ता लगाएर क्षतिग्रस्त स्थानमा पाइप जडान गरी पानी वितरण सुरु गरिएको धुलिखेल खनोपानी तथा सरसफाइ समितिले जनाएको छ। 

images
images

उक्त आयोजनाको मुहानक्षेत्र पनौती नगरपालिका-१२ स्थित पाल्पाले गाउँको विभिन्न स्थानमा करिब दुई किलोमिटर मुख्य पाइपमा क्षति पुगेको थियो। आयोजनाबाट तीन हजार दुईसय घरमा खानेपानी वितरण भएको छ।

images
images
images

हाल धुलिखेलस्थित मुख्य ट्यांकीमा पानी आइसकेपछि वितरणका क्रममा पाँच लाख लिटरको अर्को ट्यांकीमा प्राविधिक समस्या देखिएकाले केही वडामा पानी वितरण गर्न एक/दुई दिन लाग्ने समितिका अध्यक्ष कृष्णभूषण श्रेष्ठले बताए। उनका अनुसार तत्काल अस्थायी रुपमा आयोजना मर्मत गर्न १९ लाख ७९ हजार रूपैयाँ खर्च भएको छ। 

आयोजनाको स्थायी पुनः निर्माण गर्न तीन करोड ५१ लाख रूपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। पुनःनिर्माणका लागि गत कात्तिक तेस्रो साता जर्मन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। नगर प्रमुख अशोक ब्याञ्जूको टोलीले नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग भेट गरी क्षतिग्रस्त आयोजनाको पुनःनिर्माणमा सहयोगका लागि अनुरोध गरेको थियो। 

जर्मन सहयोग नियोग (जीआइजेड)मार्फत नेपालस्थित दूतावासले प्रस्तावको कार्यान्वयनस्वरुप एक करोड ४५ लाख रूपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको ब्याञ्जूले जानकारी दिए। जर्मनीबाट प्राप्त सो रकम आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचना पुनःनिर्माणमा खर्च गरिने जनाइएको छ।

बाढीपहिरोले आयोजना क्षतिग्रस्त बनाउँदा नगरको ३, ४, ५, ६ र ८ का उपभोक्ता तथा सदरमुकामस्थित सरकारी कार्यालयहरु तीन महिनादेखि खानेपानीविहीन थिए। रासस


प्रकाशित : मंगलबार, पुस १६ २०८११३:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend