बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ओमोडा/जेइकोको ब्रान्ड एम्बेस्डर बने दीपेन्द्रसिंह ऐरी

एनपीएलमा पाएको कार पनि हस्तान्तरण

सोमबार, पुस १५ २०८१
ओमोडा/जेइकोको ब्रान्ड एम्बेस्डर बने दीपेन्द्रसिंह ऐरी

ऐरी हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)को उपविजेता सुदूरपश्चिम रोयल्सका कप्तानसमेत हुन्। उनी सो प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडी बन्दै ओमोडा ईफाइभ कार पाएका थिए।

काठमाडौं- ओमोडा/जेइकोको ब्रान्ड एम्बेस्डरमा नेपाली राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरी नियुक्त भएका छन्। सोमबार ओमोडा/जेइको नेपालले एक कार्यक्रम परेर ऐरीलाई ब्राण्ड एम्बेसडर नियुक्तीको घोषणा गरेको हो। 

नेपालका लागि ओमोडा/जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले ऐरीलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गर्दै उनलाई ओमोडाको विद्युतीय कार ईफाइभ कारसमेत हस्तारन्तरण गरेको हो। 

ऐरी हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)को उपविजेता सुदूरपश्चिम रोयल्सका कप्तानसमेत हुन्। उनी सो प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडी बन्दै ओमोडा ईफाइभ कार पाएका थिए।

एनपीएल आयोजक नेपाल क्रिकेट संघले उत्कृष्ट हुने एक जना खेलाडीलाई ओमोडाको विद्युतीय कार दिने घोषणा गर्दै ओमोडा/जेइकोसँग सम्झौता गरेको थियो। ओमोडा/जेइको एनपीएलको ड्रिभनवाइ पार्टनरको रुपमा जोडिएको हो।

omoda dipendra.jpg

एसपीजी अटोमोबाइल्सले ऐरीलाई ३ वर्षका लागि ब्रान्ड एम्बेस्डरको रुपमा अवद्ध गर्नेगरी सम्झौता गरेको छ। कार्यक्रामा शारदा समूहका अध्यक्ष शिवरतन शारदा, प्रबन्ध निर्देशक सन्दीपकुरमा शारदा, निर्देशकहरु प्रदीप शारदा र गौरव शारदा, नेपाल क्रिकेट संघका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो।  

कार्यक्रममा ऐरीले आफू ओमोडा/जेकोकोसँग आबद्ध हुन पाएको खुसी व्यक्त गरे। उनले ओमोडा/जेइकोका ईभीहरू फ्युचररिस्टिक सेग्मेन्टमै उत्कृष्ट रहेको बताए।


प्रकाशित : सोमबार, पुस १५ २०८११८:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend