बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सातै प्रदेशमा ग्लोबल आईएमई बैंकको वृहत् प्रभातफेरी कार्यक्रम

सोमबार, पुस १५ २०८१
सातै प्रदेशमा ग्लोबल आईएमई बैंकको वृहत् प्रभातफेरी कार्यक्रम

प्रभातफेरीमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीहरुको उपस्थिति रहेको थियो।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ। 

आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्य-मुख्य सहरहरुमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ। यही पुस १८ गतेदेखि ग्लोबल आईएमई बैंक आफ्नो स्थापनाको १८औँ वर्ष पूरा भइ १९औँ वर्षमा प्रवेश गर्दैछ।

काठमाडौंमा आयोजित प्रभातफेरीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्यहरु, बैंक उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीहरुको उपस्थिति रहेको थियो।

वित्तीय साक्षरता तथा बैंकिङ शिक्षामूलक प्लेकार्ड तथा ब्यानरसहित प्रभातफेरीमा उपस्थित कर्मचारीहरुले काठमाडौंको कान्तिपथस्थित शाखा कार्यालयबाट हिँड्दै सहरको मुख्य-मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौं उपत्यकाबाहिर मुख्यमुख्य सहरहरु परिक्रमा गरेका थिए।

global ime.jpeg

बैंकले यस्ता समाजपयोगी कार्यहरुमार्फत आम जनमानसलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको जनाएको छ। 

ग्लोबल आईएमई बैंकले मुलुकको ७७ वटै जिल्लामा रहेका ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटीएम, २ सय ३७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

बैंकले विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको जनाएको छ।


प्रकाशित : सोमबार, पुस १५ २०८११४:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend