बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनआईसी एसिया बैंकको सहयोगमा निर्माण भएको रुपन्देहीको पब्लिक सेकेन्डरी स्कुलको पुस्तकालय भवन उद्घाटन

आइतबार, पुस १४ २०८१
एनआईसी एसिया बैंकको सहयोगमा निर्माण भएको रुपन्देहीको पब्लिक सेकेन्डरी स्कुलको पुस्तकालय भवन उद्घाटन

पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका झन्डै २७ सय विद्यार्थी तथा शिक्षक/शिक्षिकाहरु यसबाट लाभान्वित भएका छन्।

काठमाडौं- एनआईसी एसिया बैंकको सहयोगमा लुम्बिनी प्रदेशको रुपन्देही जिल्लास्थित सियारी गाउँपालिका-४ छपियामा रहेको श्री पब्लिक सेकेन्डरी स्कुलमा निर्माण भएको पुस्तकालय भवन समुद्घाटन गरिएको छ।

विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराइ अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकको सहयोगमा निर्माण गरी उक्त विद्यालयलाई हस्तान्तरण गरिएको पुस्तकालय भवन उद्घाटन गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाले जानकारी दिए।

उक्त पुस्तकालय समुद्घाटन समारोहमा सोही गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, एनआईसी एसिया बैंक लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख तिलक सुन्दर कार्की तथा सम्बन्धित विद्यालयका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।

पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका झन्डै २७ सय विद्यार्थी तथा शिक्षक/शिक्षिकाहरु यसबाट लाभान्वित भएका छन्।

यसअघि पनि एनआईसी एसिया बैंकको सहयोगमा विभिन्न जिल्लाका विद्यालयमा पुस्तकालय निर्माण भइसकेको बैंकले जनाएको छ।

बैंकले पुस्तकालय भवनहरु निर्माणका लागि भनेर कुल २ करोड ५ लाख ३० हजार रूपैयाँ बजेट विनियोजन गरेको थियो। पुस्तकालय भवनहरु निर्माणपछि उक्त विद्यालयहरुमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको भनाइ छ।


प्रकाशित : आइतबार, पुस १४ २०८११७:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend