बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

हुन्डाई आयोनिक फाइभद्वारा विश्व कीर्तिमान कायम

शनिबार, पुस १३ २०८१
हुन्डाई आयोनिक फाइभद्वारा विश्व कीर्तिमान कायम

हुन्डाई इन्डिया र ड्राइभिङ प्रोफेसनल टिम ‘ईभो इन्डिया’ले मिलेर ५ हजार ७ सय ९९ मिटर अग्लो स्थानमा पुगेर रेकर्ड बनाएको हो।

काठमाडौं- दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईको विद्युतीय क्रसओभर एसयूभी आयोनिक फाइभले विश्व कीर्तिमान कायम गरेको छ। 

हुन्डाईको सफल यो विद्युतीय मोडल आयोनिक फाइभले विश्वकै सबैभन्दा अग्लो स्थानमा पुगेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएको हो।

अहिलेसम्म विद्युतीय कारहरुले गरेको यात्रामा सबैभन्दा माथिल्लो उचाई पुगेर आयोनिक फाइभले विश्व रेकर्ड बनाएको हो। हुन्डाई इन्डिया र ड्राइभिङ प्रोफेसनल टिम ‘ईभो इन्डिया’ले मिलेर ५ हजार ७ सय ९९ मिटर अग्लो स्थानमा पुगेर रेकर्ड बनाएको हो। उक्त अग्लो स्थानको यात्रा लद्दाख हुँदै केरलको कुटुन्डासम्म पुगेको थियो।

आयोनिक फाइभले यो यात्रा १४ दिनमा पूरा गरेको थियो। यस अवधिमा गाडीले ४ हजार ९ सय किलोमिटर दुरी तय गरेको हुन्डाई इन्डियाले जनाएको छ। निकै कठीन, चिसो र हिमाली बाटोमा पनि आयोनिक फाइभले उत्कृष्ट यात्रा प्रदान गरेको उल्लेख छ।

inq guniss.jpg

सबैभन्दा अग्लो स्थानको यात्रा सकिएसँगै आयोनिक फाइभ एक भरपर्दो, एडभान्स टेक्नोलोजी र उच्च पर्फर्मेन्स दिन सक्षम विद्युतीय कार रहेको पुष्टी भएको कम्पनीको दाबी गरेको छ। हुन्डाईको इलेक्ट्रिक ग्लोबल मोडुलर प्लेटफर्ममा (ई-जीएमपी) मा तयार भएको आयोनिक फाइभले यसअघि विश्वभर थुप्रै अवार्डहरु आफ्नो नाममा लेखाउन सफल भएको छ।

हुन्डाईको आयोनिक फाइभ नेपाली बजारमा समेत उपलब्ध रहेको छ। हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले पछिल्लो केही वर्षदेखि उपलब्ध गराउँदै आएको छ। केही महिनाअघिदेखि भने कम्पनीले सय किलोवाट मोटर पावरमा समेत आयोनिक फाइभ उपलब्ध गराएको छ। 


प्रकाशित : शनिबार, पुस १३ २०८११५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend