बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बिहारलाई ७० करोड युनिट बिद्युत बिक्री गर्ने नेपालको प्रस्ताव

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २७ २०७८
बिहारलाई ७० करोड युनिट बिद्युत बिक्री गर्ने नेपालको प्रस्ताव

नेपाल विद्युत प्राधिकरणले भारतको बिहार राज्यसंग बिद्युत व्यापार गर्ने प्रस्ताव गरेको छ। प्राधिकरणले वर्खामा नेपालमा खपत गरी बढी रहेको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत आयातका लागि भारतको बिहार राज्यसँग पारस्परिक मौसमी विद्युत आदान–प्रदानकाे प्रस्ताव गरेको हो।

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले भारतको बिहार राज्यसँग बिद्युत व्यापार गर्ने प्रस्ताव गरेको छ। प्राधिकरणले वर्खामा नेपालमा खपत गरि बढी भएको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत आयातका लागि भारतको बिहार राज्यसँग पारस्परिक मौसमी विद्युत आदान–प्रदानको प्रस्ताव गरेको हो। 

प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोशी र अन्य निजी क्षेत्रका जलविद्युत आयोजनाहरूबाट वर्खामा उत्पादित विद्युत देशभित्र खपत गर्न नसकी खेर जाने अवस्था आएपछि बिहार स्टेट पावर होल्डिङ कम्पनीसँग पारस्परिक मौसमी विद्युत आदान–प्रदानको प्रस्ताव गरेको हो। नेपाल र भारतबीच सन् १९७१ देखि विद्युत् आदान–प्रदान हुँदै आएको छ।

वर्खाका ६ महिना नेपालबाट विद्युत बिहार पठाउने र हिउँदका ६ महिना उताबाट ल्याउने गरि पारस्परिक विद्युत आदान–प्रदानको प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।  ‘बर्खाका महिनामा २४ सै घण्टा २ सय मेगावाट एवं राति ११ बजेबाट बिहान ६ बजेसम्म थप विद्युत् दिन सकिने र हिउँदमा उताबाट ल्याउने प्रस्ताव गरिएको छ, वर्खामा यताबाट पठाएको र हिउँदमा उताबाट ल्याएको परिमाणबीच फरक परेमा उपयुक्त विधिमार्फत विद्युत्को मूल्य तय गरिने छ’ घिसिङले भने। 

घिसिङकाअनुसार यस वर्षको बाँकी ३ महिनामा नेपालमा खपत गरेर बढी हुने करिब ७० करोड युनिट र अर्को वर्ष ३ अर्ब ७९ करोड युनिट ऊर्जा बिहारलाई दिन सकिने छ। हिउँदयाममा त्यतिनै बराबरको विद्युत आयात गर्न सकिन्छ । यसले गर्दा वर्खामा खेर जाने विद्युतको उच्चतम् प्रयोग हुने छ। अहिले बिहारसँग जोडिएका ३३ र १३२ केभीका प्रसारण लाइन पूर्वाधारबाट ३७१ मेगावाटसम्म विद्युत आदान प्रदान गर्न सकिन्छ। 

प्राधिकरणले अहिलेसम्म ३ सय ४६ आयोजनाहरुसँग ६ हजार १ सय ७६ मेगावाटको पिपिए गरेको छ । यसमध्ये १ सय ११ आयोजनाहरु निर्माण सम्पन्न भई सञ्चालनमा  छन्।

आयोजनाहरूको जडित क्षमता १ हजार ३ सय मेगावाट छ। ३ हजार ३४ मेगावाट जडित क्षमता भएका १ सय ३६ आयोजनाहरु वित्तीय व्यवस्वस्थापन गरी निर्माणाधीन छन्। १ हजार ८ सय ४१ मेगावाट जडित क्षमताका ९९ आयोजनाहरू वित्तीय व्यवस्थापन गर्ने प्रक्रियामा रहेका छन्। 

 


प्रकाशित : आइतबार, भदौ २७ २०७८०६:३१
  • सम्बन्धित विषय:

  • # उर्जा
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend