शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

२ अर्ब ८० करोडको लागतमा १० हजार सिट क्षमताको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माण हुने

बुधबार, पुस १० २०८१
२ अर्ब ८० करोडको लागतमा १० हजार सिट क्षमताको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माण हुने

काठमाडौं- सरकारले २ अर्ब ८० करोड रुपैयाँको लागतमा गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ।

क्रिकेट रंगशाला विराटनगर महानगरपालिका वडा नम्बर १९ को वैजनाथपुरमा निर्माण हुनेगरी प्रस्ताव गरिएको छ।

प्रस्तावित क्रिकेट रंगशाला बहुउपयोगी सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको बन्ने छ। १० हजार सिट क्षमताको सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको रंगशाला र ५ हजार सिट क्षमताको एथलेटिक ट्रर्‍याक, फुटबल र रक्वी रंगशालासमेत रहने छ।

रंगशाला निर्माणका लागि १०.३२ हेक्टर जमिन आवश्यक पर्ने जनाइएको छ। प्रस्तावित आयोजनाको करिब १.५ किलोमिटर ८ मिटर चौडाइ भएको पहुँच सडक स्तरोन्नति गरिने जनाइएको छ। रंगशाला निर्माण क्षेत्रमा १ हजार वटा रुखविरुवा तथा १४ हजार ४ सय ८४ वर्गमिटर घाँस रोपण गरी हरियाली गरिने छ।

रंगशाला निर्माणको अवधि ३ वर्षको हुने र रिर्ट पिरिएड ८ देखि १० वर्षको हुने रिपोर्टमा उल्लेख छ। रंगशालामा १ हजार ८ सय १७ वटा दुईपांग्रे र २ सय ९५ वटा चारपांग्रे सवारी साधान पार्किङ क्षेत्र निर्माण हुने छ। आयोजनको कुल लागत २ अर्ब ७९ करोड ७४ लाख ११ हजार ३ सय ७४ रुपैयाँ रहेको छ।

रंगशाला निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि सार्वजनिक गरेको छ। रिपोर्ट युवा तथा खेलकुद मन्त्रालयमार्फत वन तथा वातावरण मन्त्रालयमा पेस भएको हो। रिपोर्टको प्रस्तावक राष्ट्रिय खेलकुद परिषद् रहेको छ।  


प्रकाशित : बुधबार, पुस १० २०८१०८:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend