बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

देशकै ठूलो ग्लोबल आईएमई बैंक संकटमा पनि सेयरधनीलाई प्रत्येक वर्ष लाभांश वितरण गर्दै, यस्तो छ लाभांश इतिहास

शनिबार, मंसिर २९ २०८१
देशकै ठूलो ग्लोबल आईएमई बैंक संकटमा पनि सेयरधनीलाई प्रत्येक वर्ष लाभांश वितरण गर्दै, यस्तो छ लाभांश इतिहास

काठमाडौं- देशकै ठूलो ग्लोबल आईएमई बैंक लिमिटेडले १८औँ वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ। बैंकले आर्थिक वर्ष २०८०।८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट बैंकले आफ्ना सेयरधनीहरूलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतिले पारित भइसकेको छ।

बैंकले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ४८ करोड रूपैयाँ सञ्चालन मुनाफा र ६ अर्ब १३ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो। बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुगेको छ। नेपाल सरकार र नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको पूर्ण परिपालना गर्दै सेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न बैंक प्रतिबद्ध समेत देखिन्छ।

संकटको समयमा पनि बैंकले सेयरधनीलाई लाभांश दिन सक्नु सकारात्मक रहेकोमा समेत सेयरधनीहरू सन्तुष्ट देखिन्छन्। गत वर्ष पनि बैंकले ५.५ प्रतिशत  लाभांश बापत बोनस सेयर दिएको थियो। आर्थिक वर्ष २०७९/८० मा ८ प्रतिशत नगद र १ प्रतिशत बोनस सेयर गरी ९ प्रतिशत लाभांश दिएको थियो।

त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा पनि १०.६० प्रतिशत नगद र ३ प्रतिशत बोनस सेयर गरी १३.६० प्रतिशत लाभांश दिएको थियो।  त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा ३.५० प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर गरी १३.५० प्रतिशत लाभांश दिएको थियो।

बैंकले आर्थिक वर्ष २०७६/७७ मा २ प्रतिशत नगद र १४ प्रतिशत बोनस सेयर गरी १६ प्रतिशत लाभांश दिएको थियो। आर्थिक वर्ष २०७५/७६ मा १२.७५ प्रतिशत नगद लाभांश दिएको थियो।

त्यस्तै आर्थिक वर्ष २०७४/०७५ मा भने १६ प्रतिशत बोनस सेयर दिएको थियो। आर्थिक वर्ष २०७३/७४ १० प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर गरी २० प्रतिशत लाभांश दिएको थियो। आर्थिक वर्ष २०७२/७३ मा भने बैंकले १६ प्रतिशत बोनस सेयर दिएको थियो। आर्थिक वर्ष २०७१/७२ मा २३ प्रतिशत बोनस सेयर बापत लाभांश दिएको थियो। आर्थिक वर्ष २०६९/७० मा १५ प्रतिशत बोनस सेयर दिएको थियो।

त्यस्तै आर्थिक वर्ष २०६८/६९ मा १० प्रतिशत नगद र ३ प्रतिशत बोनस सेयर गरी १३ प्रतिशत लाभांश बैंकले दिएको थियो। बैंकले आर्थिक वर्ष २०६७/६८ मा ५.३५ प्रतिशत नगद र ६.६७ प्रतिशत बोनस सेयर गरी १२.०२ प्रतितशत लाभांश दिएको थियो। भने आर्थिक वर्ष २०६६/६७ मा भने ५ प्रतिशत नगद लाभांश दिएको थियो।

बैंकको पहिलो तीन महिनाको वित्तिय विवरण अनुसार प्रतिसेयर आम्दानी १५.८७ रूपैयाँ रहेको छ। भने पीइ रेसियो १३.८५ गुणा रहेको छ। बुक भ्यालु १७०.३४ रूपैयाँ रहेको छ।

ग्लोबल आईएमई बैंकका लागि यो वर्ष विभिन्न अवार्डले समेत सम्मानित भएको छ। 'ग्लोबल फाइनान्स'को 'बेष्ट बैंक अवार्ड २०२४' र 'युरो मनी अवार्ड फर एक्सलेन्स २०२४' अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित भएको छ। बैंकले अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट समेत विशेष सम्मान प्राप्त गरेको जनाएको छ। यसले अगामी दिनमा बैंकको उज्जल भविष्य रहेको समेत संकेत गर्दछ। 

देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको ग्लोबल आईएमई बैंकका ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजार १ सयभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।

बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट रेमिट्यान्स सेवा पनि सञ्चालन गर्दै आएको छ।


प्रकाशित : शनिबार, मंसिर २९ २०८१०७:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend