बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुरु भयो 'एमजी विन्टर कार्निभल २०२४', यस्ता छन् आकर्षण

शुक्रबार, पुस ५ २०८१
सुरु भयो 'एमजी विन्टर कार्निभल २०२४', यस्ता छन् आकर्षण

कार्निभलमा सहभागी उपभोक्ताले नयाँ गाडी खरिददेखि एक्सचेन्ज र अन्य आकर्षक सुविधाहरु पाउने छन्।

काठमाडौं- एमजी मोटरले आयोजना गरेको एक्सचेन्ज मेला सुरु भएको छ। एमजी मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले शुक्रबारदेखि सुरु गरेकाे ‘एमजी विन्टर कार्निभल २०२४’ तीन दिनसम्म चल्ने छ।

उक्त कार्निभल बालुवाटारस्थित सिल्भर ओकमा आयोजना भइरहेको छ। यो कार्निभलमा एमजीसँगै माज्दा, म्याक्सस र विलिङ गरी चारवटा ब्रान्डको सहभागिता रहेको छ।

मेलामा एमजीको विद्युतीय सुपर कार एमजी साइभरस्टर पनि राकिएको छ। 

एमजी साइकरस्टार गएको नाडा अटो शोमा नेपाली बजारमा सार्वजनिक भएको थियो। निक्कै आकर्षक डिजाइन र विशेषताले भरिएको यो कारले धेरैलाई आफूतिर आकर्षित गरेको थियो। 

यो कार्निभलबाट सहभागीले उत्कृष्ट अनुभव हासिल गर्न सक्ने कम्पनीले जनाएको छ। कार्निभलमा सहभागी उपभोक्ताले नयाँ गाडी खरिददेखि एक्सचेन्ज र अन्य आकर्षक सुविधाहरु पाउने छन्। 

एमजी विन्टर कार्निभल २०२४ मा एक्सक्लुसिभ अफर, अन द स्पट फाइनान्स, टेस्ट ड्राइभ, मनोरञ्जन तथा किड्स प्ले जोनसमेत रहेको छ। 

mg1.jpg

अन्य ब्रान्डका गाडीसँग एमजी, म्याक्सस, विलिङ, माज्दा ब्रान्डका गाडी किन्नेले १० लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउने कम्पनीले जनाएको छ। 

त्यस्तै यो कार्निभदमा शनिबार हुने नेपाल प्रिमियर लिगको फाइन खेल प्रत्यक्षरुपमा देखाइने पारामाउन्ट मोटर्सले बताएको छ। शुक्रबारदेखि सुरु भएको कार्निभलमा उपभोक्ताहरुको सहभागिता उल्लेख्य रहेकाे छ। 


प्रकाशित : शुक्रबार, पुस ५ २०८११४:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend