बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भारत मोबिलिटीमा सहभागी हुन नाडाले गर्‍यो छलफल

बिहीबार , पुस ४ २०८१
भारत मोबिलिटीमा सहभागी हुन नाडाले गर्‍यो छलफल

उक्त अन्तरक्रियामा नाडाका अध्यक्ष चौधरीले नेपालको अटोमोबाइल क्षेत्रका विविध पक्षहरुका सम्बन्धमा चर्चा गर्दै नेपालको अटोमोबाइल क्षेत्रको प्रवर्द्धनका लागि भारतको सहयोग अपरिहार्य भएको बताए।

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले भारत मोबिलिटी ग्लोबल एक्सपोमा सहभायी हुने सम्बन्धमा भारतीय दुतावासको प्रमुखसँग छलफल गरेको छ। 

पुस ४ गते भारत मोबिलिटी शोका सन्दर्भमा नेपालस्थित भारतीय दुतावासका प्रमुख वाणिज्य सचिव सुमन शेखरको प्रमुख आतिथ्यतामा नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरुबीच काठमाडौंमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। 

सो अन्तरक्रिया कार्यक्रममा इन्जिनियरिङ एक्सपोर्ट प्रमोशन काउन्सील अफ इन्डियाका तर्फबाट पल्लवी साह, सोसाइटी अफ इन्डियन अटोमोबाइल मेनुफेक्चर्स (सीयाम)का तर्फबाट देवासिस मजुमदर तथा नाडाका अध्यक्ष करण चौधरीबीच रोड्स शो अन भारत मोविलिटी ग्लोवल एक्सपोको सम्बन्धमा विस्तृत अन्तरक्रिया भएको हो। 

उक्त अन्तरक्रियामा नाडाका अध्यक्ष चौधरीले नेपालको अटोमोबाइल क्षेत्रका विविध पक्षहरुका सम्बन्धमा चर्चा गर्दै नेपालको अटोमोबाइल क्षेत्रको प्रवर्द्धनका लागि भारतको सहयोग अपरिहार्य भएको बताए।   

यही २०२५ जनवरीको १७ देखि २२ सम्म सोसाइटी अफ इन्डियन अटोमोबाइल मेनुफेक्चस (सीयाम) को पहलमा भारतको नयाँ दिल्लीको भारतमण्डपम, यसोभूमि द्धारिका र ग्रेटर नोइदामा भारत मोबिलिटी अन्तर्गत अटो एक्सपो-दि मोटर शो २०२५ हुन लागेको सन्दर्भमा यस्तो अन्तरक्रिया नाडाले गरेको हो। 

उक्त कार्यक्रममा नाडाको तर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्यसमितिका सदस्य कपिल शिवाकाटी, प्रकाश कपुरी, ऋद्धि कार्की, दिपेन्द्रकुमार मिश्रा, मेघराज पौडेल, निलमणी पाठक, अभिक ज्योती, दिपकराज गिरी, नविनकुमार पारख र नारायणप्रसाद पौडेलसमेतको उपस्थिति रहेको थियो।


प्रकाशित : बिहीबार , पुस ४ २०८११७:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend