बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दुई जापानी अटो जायन्ट होन्डा र निसान मर्जको अन्तिम तयारीमा, ५४ अर्ब डलरको कम्पनी बन्ने

बुधबार, पुस ३ २०८१
दुई जापानी अटो जायन्ट होन्डा र निसान मर्जको अन्तिम तयारीमा, ५४ अर्ब डलरको कम्पनी बन्ने

निसान र होन्डा मिल्दा ५४ अर्ब अमेरिकी डलरको कम्पनी बन्ने र वार्षिक ७४ लाख सवारी उत्पादन हुनेछ।

काठमाडौं- दुई जापानी अटोमोबाइल कम्पनी होन्डा र निसान दीर्घकालीन सम्झौताको तयारीमा रहेका छन्। समाचार संस्था रोयटर्सका अनुसार होन्डा र निसान मर्जमा जानेसम्मको तयारीसहित छलफलमा छन्। 

चिनियाँ र टेस्लाले अटोमोबाइल बजारमा नयाँ सेप तयार गरिरहेको अवस्थामा त्योसँग जुध्न जापानी कम्पनीहरूलाई कठिनाइ परिरहेको छ। विकसित अटोमोबाइल बजारमा कायम रहेको जापानी लिगेसी जोगाइ राख्न दुई कम्पनीले मर्ज गरेरै जानु पर्नेतर्फ छलफल गरिरहेका छन्। 

जापानको दोस्रो ठूलो सवारी उत्पादन होन्डाले तेस्रो ठूला सवारी उत्पादक निसानलाई प्रविधिलगायत विषयमा सहकार्य गर्नेगरी छलफल भइरहेको निक्की पत्रिकाले नै लेखेको छ। यो छलफल सहकार्य तथा सम्भावित संयुक्त कम्पनीमे जानेबारेमा पनि अघि बढिरहेको छ। 

दुई कम्पनीबीच पूर्ण मर्जरका बारेमा पनि गहन छलफल गरिरहेको स्रोतलाई उदृत गर्दै रोयटर्सले लेखेको छ। यो सहकार्य र मर्जमा मित्सुबिसी मोटर्सलाई पनि समावेश गर्न सम्भावना रहेको छ।

मित्सुबिसी मोटर्समा निसानको २४ प्रतिशत हिस्सा रहेको छ। तत्काल कुनै कम्पनीले यसबारेमा प्रतिक्रिया भने दिएका छैनन्। निसानले भने तीन कम्पनीबीच भविष्यमा गर्न सकिने सहकार्यका बारेमा केही समयअघि नै कुराकानी भएको बताएको छ। 

निसान र होन्डा मिलेर एउटा कम्पनी बनेमा सवारी बिक्रीका आधारमा उक्त कम्पनी विश्वको तेस्रो ठूलो कम्पनी हुनेछ। निसान र होन्डा मिल्दा ५४ अर्ब अमेरिकी डलरको कम्पनी बन्ने र वार्षिक ७४ लाख सवारी उत्पादन हुनेछ। वर्तमान समयमा विश्वको सबैभन्दा ठूलो सवारी उत्पादन कम्पनी टोयोटा हो भने दोस्रो ठूलो कम्पनी फक्सवागन हो। 

विद्युतीय सवारी उत्पादनमा जापानी कम्पनीहरूले हालसम्म त्यति धेरै उत्पादन बजारमा ल्याइसकेका छैनन्। यही कारण विश्वकै ठूला सवारी उत्पादन रहेको जापानका लागि परिवर्तित अटोमोबाइल बजार यही ढंगमा अघि बढे अझै चुनौतीपूर्ण हुनेछ।

निसानले गत महिना २ अर्ब ६० करोड डलर खर्च बचत गर्ने घोषणा गरेको थियो। यसका लागि निसानले ९ हजार रोजगारी कटौती र २० प्रतिशत उत्पादन कम गर्नुपर्ने हुन्छ। निसानको अमेरिका र चीनमा बिक्री घटेपछि यस्तो निर्णयमा पुगेको हो। 


प्रकाशित : बुधबार, पुस ३ २०८१११:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend