बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ओमोडा ईफाइभलाई युरो एनक्याप र एनक्यापमा डबल फाइभ-स्टार सेफ्टि रेटिङ

मंगलबार, पुस २ २०८१
ओमोडा ईफाइभलाई युरो एनक्याप र एनक्यापमा डबल फाइभ-स्टार सेफ्टि रेटिङ

‘स्टेबल चाइल्ड सिट इन्टरफेस’ र अप्टिमाइज्ड एयरब्याग सुरक्षाले गर्दा ओमोडा ईफाइभ बाल यात्रुको सुरक्षामा पनि उत्कृष्ट रहेको छ।

काठमाडौं- ओमोडा एन्ड जेइकोको पछिल्लो ब्याट्री ईभी ओमोडा फाइभले विश्वव्यापी सुरक्षा मापदण्डहरूमा उत्कृष्ट प्रदर्शन गर्दै युरो एनक्याप र एनक्याप दुवैबाट प्रतिष्ठित फाइभ-स्टार सेफ्टि रेटिङ हासिल गरेको छ।

यसअघिको ग्लोबल मोडल ओमोडा फाइभले पनि युरो एनक्याप, एनक्याप, र एएसइएएन एनक्याप जस्ता प्रमुख सेफ्टि संस्थाहरूबाट फाइभ-स्टार रेटिङ प्राप्त गरेको थियो। सुरक्षाको त्यही श्रेणीलाई निरन्तरता दिँदै ओमोडा ईफाइभको बीईभी संस्करणले अन्य परीक्षणको साथ ‘फ्रन्टल अफसेट’ र ‘ओब्लिक पोल टेस्ट’ आदि थप दुर्घटनाका परीक्षणहरू पार गर्‍यो र सुरक्षाका सम्पूर्ण क्षेत्रहरूमा उत्कृष्ट पर्फमेन्स सुनिश्चित गर्‍यो।

यसले युरो एनक्यापमा सेफ्टि असिस्ट सिस्टम (सुरक्षा सहायता प्रणाली)को लागि ८८ अंकका साथ एडल्ट अकुपेन्ट प्रोटेक्सन (वयस्क यात्रु सुरक्षा) र चाइल्ड अकुपेन्ट प्रोटेक्सन (बाल यात्रु सुरक्षा)को लागि ८७ अंक प्राप्त गर्‍यो। त्यसैगरी एनक्याप परीक्षणमा ओमोडा इफाइभले एडल्ट अकुपेन्ट प्रोटेक्सनको लागि ८७, चाइल्ड अकुपेन्ट प्रोटेक्सनको लागि ८८, र सुरक्षा सहायताका लागि ८३ अंक प्राप्त गरेको छ।

ओमोडा ईफाइभमा ७८ रेसियो (अनुपात)को ‘हाइ-स्ट्रेन्थ स्टिल बडी’ रहेको छ जसकारण अत्याधुनिक र अधिकतम सुरक्षा क्षमता सम्भव हुन्छ। गाडीको अगाडिको भागमा ‘अल्ट्रा-हाइ स्ट्रेन्थ स्टिल’ र साइड पिलरमा ‘रिइन्फोर्स्ड स्टिल’ समावेश गरिएको छ। यी सुविधाहरूले गाडी दुर्घटना हुँदा स्टेबलिटि (स्थिरता) सुनिश्चित गर्दछ र अगाडीको भागमा गाडी ठोक्किँदा ‘क्याबिनमा पर्ने असर (डिफर्मेसन) कम गर्दछ। यसले गर्दा गाडीमा सवार सबैको प्रभावकारी सुरक्षा हुन्छ। 

‘स्टेबल चाइल्ड सिट इन्टरफेस’ र अप्टिमाइज्ड एयरब्याग सुरक्षाले गर्दा ओमोडा ईफाइभ बाल यात्रुको सुरक्षामा पनि उत्कृष्ट रहेको छ। ओमोडा इफाइभमा अत्याधुनिक सक्रिय सुरक्षा प्रविधिहरू पनि रहेको छ। यसको अटोमेटिक इमर्जेन्सी ब्रेकिङ प्रणालीले अन्य सडक यात्रुबाट हुने सम्भावित जोखिमबाट बचाउँदछ। ईफाइभको फराकिलो स्पिड रेन्ज, र छिटो रेस्पोन्स-टाइमले गर्दा कोलिजन रिस्क (दूर्घटनाका जोखिम) न्यूनीकरण गर्दछ।

उत्कृष्ट सुरक्षाका अलावा, ओमोडा ईफाइभमा ४३० किमिको डब्लूएलटीपी रेन्ज, २८ मिनेटभित्रै ३० बाट ८० प्रतिशत चार्ज हुने फास्ट रिचार्जिङ सुविधा र शान्त ड्राइभिङ अनुभवका लागि मात्र ६२.९ डेसिबलको नोइज-लेभल(१२० किमि प्रतिघण्टाको स्पिडमा) रहेका छन्। यी विशेषताहरूले गर्दा ओमोडा ईफाइभ विद्युतीय रेन्ज र इफिसियन्सि दुवैको लागि उत्कृष्ट रोजाइको ईभी रहेको छ।

ओमोडा ईफाइभको यो सफलताले विश्वव्यापी शीर्षनेता तथा व्यक्तित्वहरूको पनि समर्थन प्राप्त गरेको छ। विभिन्न देशका सरकारहरूले ओमोडाको ‘न्यु इनर्जी स्ट्राटेजी’ (नयाँ ऊर्जा रणनीति)लाई बलियो समर्थन देखाएका छन् भने इन्डोनेसिया, मलेसिया र टर्कीका विभिन्न अधिकारीहरूले ओमोडाको नयाँ ऊर्जा प्रविधि र डिजाइनको प्रशंसा गरेका छन्। यो समर्थनले विश्वव्यापी बजारहरूमा ओमोडाको स्थान र लोकप्रियतालाई थप जोड दिन्छ। विभिन्न क्षेत्रमा ओमोडाको विश्वव्यापी नेताहरूसँगको यो सम्बन्ध र अन्तरक्रियाले ब्रान्डको विश्वव्यापी प्रतिस्पर्धात्मकता झल्काउँदै अन्तर्राष्ट्रियस्तरमा विस्तारलाई थप प्रबर्द्धन गर्दछ।

डबल फाइभ-स्टार सेफ्टि रेटिङ र अत्याधुनिक प्रविधिको साथ ओमोडा ईफाइभले इलेक्ट्रिक गाडीको बजारमा ‘सुरक्षा र पर्फमेन्स’को लागि नयाँ उचाई हासिल गरेको छ। ओमोडा एन्ड जेइको, विश्वव्यापी रूपमा सबैभन्दा छिटो बढ्ने व्यक्तिगत कार ब्रान्ड हो जसको हाल विभिन्न ३२ देश तथा क्षेत्रहरूमा १ हजारभन्दा बढी शोरुम र ३ लाख ७० लाखभन्दा बढी प्रयोगकर्ताहरू रहेका छन्। ब्रान्डको सन् २०२४ को अन्त्यसम्ममा स्पेन, युके र पोल्याण्डमा आफ्नो सोरुम नेटवर्कलाई उल्लेखनीय रूपमा विस्तार गर्ने र युरोपियन बजारमा आफ्नो स्थितिलाई सुदृढ बनाउने योजना रहेको छ।

नेपाली बजारमा ओमोडा र जेइको ब्रान्डको विद्युतीय कार एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेडले उपलब्ध गराउँदै आएको छ।  


प्रकाशित : मंगलबार, पुस २ २०८११५:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend