बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नबिलका सीईओ ढुंगानाको चलखेलले शेरचनको उम्मेद्‍वारी फिर्ता, संकटमा असक्षम व्यक्तिलाई बैंकर्स संघको बागडोर

सोमबार, पुस १ २०८१
नबिलका सीईओ ढुंगानाको चलखेलले शेरचनको उम्मेद्‍वारी फिर्ता, संकटमा असक्षम व्यक्तिलाई बैंकर्स संघको बागडोर

अर्थतन्त्र निकै कठिन अवस्थामा रहेको समयमा आफ्नै बैंक राम्रोसँग हाक्न नसक्ने व्यक्तिलाई बैंकर्स संघको अध्यक्ष बनाउँदा यसले वित्तीय प्रणालीमा नकारात्मक असर पार्नसक्ने बैंकरहरूको बुझाइ छ।

काठमाडौं- नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकर्स संघको चुनावमा अस्वभाविक चलखेल गरेपछि प्रभु बैंकका सीईओ अशोक शेरचनले उम्मेद्‍वारी फिर्ता लिएका छन्। 

अघिल्लोपटक पनि शेरचनलाई उम्मेद्‍वारी दिन आग्रह गरेर अन्तिम समयमा सहमति भएको भन्दै ढुंगानाले सुनिल केसीलाई समर्थन गर्ने निर्णय गरेका थिए। जसले गर्दा त्यतिबेला पनि शेरचन उम्मेद्‍वारी फिर्ता लिन बाध्य भएका थिए। 

यसपटक पनि ढुंगानाले आफ्नो समर्थन रहने बताएपछि शेरचनले आगामी कार्यकालका लागि उम्मेद्‍वारी दिएका थिए। तर चारजना सिनियर सीईओहरू बसेर सन्तोष कोइरालालाई बैंकर्स संघको भावी अध्यक्ष बनाउने निर्णय गरेपछि शेरचन ब्याक भएका हुन्। 

नबिल बैंकका सीईओ ढुंगानाले सहमति गरौँ भन्दै आएपछि शेरचनले आफ्नो दाबी फिर्ता लिएका थिए। उनले दाबी फिर्ता लिएसँगै अर्का प्रत्याशी माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला सर्वसम्मत बैंकर्स संघको अध्यक्ष बन्नेछन्। 

बैंकर्स संघको उम्मेद्‍वारीमा 'कांग्रेस फ्याक्टर' हाबी भएपछि शेरचनलाई उम्मेद्‍वारी फिर्ता गर्न लगाइएको बताइएको छ। शेरचनको झुकाव एमालेतर्फ भएको भन्दै अन्तिम समयमा कोइरालालाई नै अध्यक्ष बनाउने निष्कर्षमा ढुंगाना पुगेको स्रोतको दाबी छ। 

'ढुंगानाले यसपटक पनि शेरचनलाई धोका दिए। अघिल्लोपटक उनकै जोडबलमा शेरचनले उम्मेद्‍वारी घोषणा गरेका थिए। तर अन्तिम समयमा सर्वसहमति भन्दै फिर्ता लिन भनेका थिए। यसपटक पनि उनै ढुंगानाले शेरचनलाई उम्मेद्‍वारी घोषणा गर्न लगाएर अन्तिममा आएर कोइरालाको नाममा सहमति गराए' स्रोतले भन्यो। 

माछापुच्छ्रे बैंकका सीईओ तथा बैंकर्स संघका भावि अध्यक्ष सन्तोष कोइराला नेपाली कांग्रेसनिकट हुन्। आफ्नो प्रभुत्व देखाउन कोइरालाले बैंकिङभन्दा बढी ध्यान राजनीतिक भेटघाटमा दिने गरेका छन्। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई आफ्नो छिमेकी भाइ बताउने कोइरालाले कांग्रेस उपसभापति धनराज गुरुङदेखि राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको भेटको तस्बिर सामाजिक सञ्चालमा राख्ने गरेका छन्। 

शक्तिकेन्द्र रिझाउन सिपालु कोइराला माछापुच्छ्रे बैंकका पूर्वअध्यक्ष उपेन्द्र महतोका साथै सम्पूर्ण महतो परिवारनिकट मानिन्छन्। गभर्नर महाप्रसाद अधिकारीका समेत उनी नातेदार हुन्। 

कोइरालाले आफ्नो पहिलो कार्यकालमा माछापुच्छ्रे बैंकमा उल्लेखीय सुधार गर्न सकेनन्। कार्यसम्‍पादन सुधार गर्न नसकेका कोइरालाले अध्यक्ष महतोका साथै गभर्नर अधिकारीलाई रिझाएर दोस्रो कार्यकालका लागि सीईओ भएको चर्चा बैंकभित्रै हुने गरेको छ। 

कोइरालासँग असुन्तुष्ट हुँदै बैंकका डेपुटी सीईओ सर्जु थापाले माछापुच्छ्रे बैंक छोडेर सानिमा बैंकमा एक पद घटेर गएका छन्। माछापुच्छ्रे बैंकको सञ्चालक समितिले कोइरालामाथि अविश्वास गर्दै प्रशिद्धराज अर्याललाई डेपुटी सीईओ बनाएपछि थापाले माछापुच्छ्रे बैंक छोडेका थिए। 

बैंकभित्रै विश्वास गुमाउँदै गएका पात्र कोइरालालाई बैंकर्स संघको अध्यक्ष बनाउन नबिल बैंकका सीईओ ढुंगानाले गरेको गतिविधि अनुचित रहेको बैंकर्स संघभित्रै चर्चा हुन थालेको छ। 

अर्थतन्त्र निकै कठिन अवस्थामा रहेको समयमा आफ्नै बैंक राम्रोसँग हाक्न नसक्ने व्यक्तिलाई बैंकर्स संघको अध्यक्ष बनाउँदा यसले वित्तीय प्रणालीमा नकारात्मक असर पार्नसक्ने बैंकरहरूको बुझाइ छ।

माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालामाथि संकट गहिरिँदै, डीसीईओ सर्जु थापाले छाडे साथ माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालामाथि संकट गहिरिँदै, डीसीईओ सर्जु थापाले छाडे साथ

सीईओ कोइराला र सञ्चालकबीचको द्वन्द्वले माछापुच्छ्रे बैंकको खस्किँदो वित्तीय स्थिति सीईओ कोइराला र सञ्चालकबीचको द्वन्द्वले माछापुच्छ्रे बैंकको खस्किँदो वित्तीय स्थिति

गभर्नर र महतो परिवारको आडमा पुनर्नियुक्ति लिएका माछापुच्छ्रेका सीईओ र सञ्चालकबीच बढ्यो द्वन्द्व गभर्नर र महतो परिवारको आडमा पुनर्नियुक्ति लिएका माछापुच्छ्रेका सीईओ र सञ्चालकबीच बढ्यो द्वन्द्व


प्रकाशित : सोमबार, पुस १ २०८११७:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend