बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

रोहोटो मेन्थोलाटम नेपालले घोषणा गर्‍यो ‘कार बोनान्जा’ अभियानको विजेता

बिहीबार , मंसिर २७ २०८१
रोहोटो मेन्थोलाटम नेपालले घोषणा गर्‍यो ‘कार बोनान्जा’ अभियानको विजेता

टंगालको भाटभटेनी सुपरस्टोरमा ‘कार बोनान्जा’ अभियानकी विजेता ललितपुरकी मियाप्मा राईलाई टाटा टियागो ईभी कार हस्तान्तरण गरिएको छ।

काठमाडौं- रोहोटो मेन्थोलाटम नेपाल, भाटभटेनी सुपरस्टोर र टाटा मोटर्सको संयुक्त अभियान ‘कार बोनान्जा’ का विजेता सार्वजनिक गरिएको छ।

काठमाडौंको टंगालस्थित भाटभटेनी सुपरस्टोरमा ‘कार बोनान्जा’ अभियानकी विजेता ललितपुरकी मियाप्मा राईलाई टाटा टियागो ईभी कार हस्तान्तरण गरिएको छ।

यो अभियान सन् २०२४ को जुन १५ मा सुरु भएको थियो। यसअन्तर्गत देशभरका २७ वटा भाटभटेनी सुपरस्टोरहरूबाट कुनै पनि रोहोटोे उत्पादन खरिद गर्ने ग्राहकलाई वातावरणमैत्री टाटा टियागो ईभी कार जित्ने अवसर प्रदान गरिएको थियो। 

अभियान अवधिभर सामान खरिद गर्ने ग्राहकलाई ५० हजारभन्दा बढी कुपन वितरण गरिएको कम्पनीले बताएको छ। सन् २०२४ को १५ नोभेम्बरमा अभियान सकिएको थियो।

भाटभटेनी सुपरस्टोर टंगालमा आयोजित पुरस्कार घोषणा कार्यक्रममा रोहोटो मेन्थोलाटम नेपालका अध्यक्ष हिरोफुमी शिरामात्सु, भाटभटेनी सुपरस्टोरका अध्यक्ष मीनबहादुर गुरुङ, रोहितो मेन्थोलाटम नेपालकी प्रबन्ध निर्देशक ट्रान डाङ बिच थाओको उपस्थिति थियो।

यस्तै रोहोटो मेन्थोलाटमका निर्देशक ताकानोरी कवाई, ब्रान्ड एम्बेसडर प्रशंसा रायमाझीलगायत साझेदार ब्रान्डका प्रतिनिधिलगायतको उपस्थिति थियो।

‘कार बोनान्जा’ अभियानको सफलताले ग्राहक सन्तुष्टि र दिगो विकासप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले बताएका छन्।


प्रकाशित : बिहीबार , मंसिर २७ २०८११७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend