बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनसेल फाउन्डेसनद्वारा एनपीएलका चौकाबापत १५०० शैक्षिक सामग्री वितरण गर्ने पक्का

बिहीबार , मंसिर २७ २०८१
एनसेल फाउन्डेसनद्वारा एनपीएलका चौकाबापत १५०० शैक्षिक सामग्री वितरण गर्ने पक्का

यस पहलले विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको एनसेलले जनाएको छ।

काठमाडौं- एनसेल फाउन्डेसनले बुधबारसम्म खेलिएका सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेलका खेलहरूमा हानिएका कुल ३७५ चौकाबापत १५०० वटा शैक्षिक सामग्री विद्यार्थीहरुलाई वितरण गर्ने पक्का भएको छ। 

यी सामग्रीहरु दुर्गम र ग्रामीण भेगका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई वितरण गरिने छ। गत बिहीबार क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले एनपीएलका प्रत्येक चौकाबापत चारवटा शैक्षिक सामग्री प्रदान गर्ने घोषणा गरेको थियो।

बुधबारसम्म खेलिएका १९ वटा खेलहरुमा ७३ जना खेलाडीले कुल ३७५ वटा चौका हानेका छन्। लुम्बिनी लायन्सका क्याप्टेन रोहित कुमार पौडेलले सबैभन्दा बढी २४ वटा चौका हानेर ९६ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका छन्। जनकपुर बोल्टका लाहिरु मिलन्थाले अहिले सम्मको दोस्रो धेरै २२ चौकासहित ८८ शैक्षिक सामग्री र पोखरा एभेन्जर्सका आन्द्रियस गौसले १९ चौकाबाट ७६ शैक्षिक सामग्रीको वितरण पक्का गरेका छन्।

यस पहलले विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको एनसेलले जनाएको छ। विद्यार्थीहरुले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्री जस्तै स्कुल ब्याग, कापी, सिसाकलम, कटर, इरेजरलगायतका सामग्री समावेश हुनेछन्। यी सामग्रीले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूलाई पठनपाठनमा योगदान गर्ने विश्वास लिइएको छ।

'यो एनपीएल हाम्रो देशमा क्रिकेट प्रतिभाको विकासका लागि कोसेढुंगा साबित भएको छ। क्रिकेटप्रतिको चाखलाई सामाजिक कार्यसँग जोडका छौँ र स्रोत आवश्यक रहेका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु प्रदान गरिनेछ। बाँकी खेलहरु अझै उत्साहजनक हुने र थप चौकासहित अझै बढी शैक्षिक सामग्रीहरुको योगदान बढ्ने कुरामा हामी विश्वस्त छौँ,' एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन्।

नेपाली समुदायहरूसँग गहिरो सम्बन्ध राख्ने मध्येको एक खेल क्रिकेट भएकाले यो पहलले खेलमा रोमाञ्चकता थपेका छ । यसले सहयोग र स्रोत बढि आवश्यकता भएकाहरुसम्म आवश्यक सहयोग पुर्‍याउँन मद्दत गर्दछ।

एनसेल फाउन्डेसनले एनपीएलका खेलहरु सकिएपछि क्रिकेट एशोसिएसन नेपाल (क्यान), स्थानीय निकाय र सरोकारवालाहरूको समन्वयमा शैक्षिक सामग्रीहरूको वितरण गर्नेछ। सामुदायिक विद्यालयका लक्षित विद्यार्थीहरुसम्म यी सामाग्रीहरु पुर्‍याउनका लागि एनसेलले कर्मयोग फाउन्डेसनसँग सहकार्य गरेको छ।

नेपालको आफ्नै घरेलु क्रिकेट प्रतिभाहरुको निर्माणमा गर्न एनपीएलले सहयोग पुर्‍याउएको छ। एनपीएलका लागि एनसेलको साझेदारी र प्रत्येक चौकाबापत ४ वटा शैक्षिक सामग्रीको वितरण कम्पनीको ‘हामी तपाईँकै लागि’ भन्ने थिम र नेपालमा क्रिकेट र खेलकुदको विकासमा समर्थन गर्ने प्रतिबद्धताअनुरुप रहेको छ। एनसेल फाउन्डेसन महत्वपूर्ण सामाजिक आवश्यकताहरू पूरा गर्न प्रभावकारी पहलमार्फत समुदायहरूको समृद्धिमा योगदान पुर्‍याउन प्रतिबद्ध रहेको छ।


प्रकाशित : बिहीबार , मंसिर २७ २०८१११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend