बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सहरी यातायातमा नयाँ युगको सुरुवात : 'टाटा म्याजिक बीएस ६' पहिलोपटक सार्वजनिक

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर २५ २०८१
सहरी यातायातमा नयाँ युगको सुरुवात : 'टाटा म्याजिक बीएस ६' पहिलोपटक सार्वजनिक

त्यसपछि बीएस३, बीएस४ हुँदै अहिले बीएस६ संस्करणसम्म आइपुगेको यस गाडीले नेपाली सवारी साधन बजारमा ९५ प्रतिशत बजार हिस्सा लिन सफल भएको छ।

नेपालगन्ज- टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सहरी यातायातका लागि अत्याधुनिक प्रविधि, उत्कृष्ट क्षमतासहित आरामदायी यात्राको उपयुक्त मेल टाटा म्याजिक बीएस६ नेपालमा पहिलोपटक सार्वजनिक गरेको छ। 

नेपालगंजमा आयोजित गरियको कार्यक्रममा बागेश्वरी यातायात प्रालिका अध्यक्ष मनप्रसाद आचार्य, नमस्ते नेपाल यातायात सेवा प्रालिका अध्यक्ष निमबहादुर  चलाउने, सनराइज यातायात प्रालिका अध्यक्ष गोपाल रञ्जितलगायतको उपस्थितिमा सार्वजनिक गरेको थियो। 

टाटा म्याजिक नेपाली बजारमा पहिलोपटक २००८ मा बीएस २ संस्करणका साथ प्रवेश गरेको थियो। त्यसपछि बीएस३, बीएस ४ हुँदै अहिले बीएस ६ संस्करणसम्म आइपुगेको यस गाडीले नेपाली सवारी साधन बजारमा ९५ प्रतिशत बजार हिस्सा लिन सफल भएको छ। 

हालसम्म ४ हजार वटाभन्दा बढी म्याजिक भ्यान नेपाली सडकमा सफलतापूर्वक सञ्चालनमा छन्। टाटा म्याजिक बीएस ६ पनि सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्प साबित हुने विश्वास कम्पनिले राखेको छ।  
 
टाटा म्याजिक बीएस६ का प्रमुख विशेषताहरू :

इन्जिन : ६९४ सीसी पेट्रोल 

पवर : ३० एचपी 

टर्क : ५५ एनएम

गियरबक्स : ५ स्पीड गियर

पांग्रा : १३ इन्च टायर

यो गाडीको मुख्य विशेषताहरुमा डिजिटल ओडोमिटर, राम्रो माइलेजका लागि इको स्वीच, एबीएस र सबै पांग्रामा एन्टी-रोलबार छन्।  

सिप्रदी ट्रेडिङ प्रालिका एजीएम (सेल्स), सीभीबीयू कृष्ण चन्दले नेपालगन्ज जस्तो महत्त्वपूर्ण व्यापारिक क्षेत्रका लागि टाटा म्याजिक बीएस ६ उत्कृष्ट यातायात समाधानका रुपमा रहेको बताए। यस गाडीले यात्रुहरूको सहजता बढाउनेछ, साथै यस क्षेत्रको आर्थिक गतिशीलतालाई समेत बलियो बनाउने उनको भनाइ छ।

सिप्रदीले आफ्ना ग्राहकहरूलाई नेपालगन्ज क्षेत्रमै उच्चस्तरीय बिक्री, सर्भिस र पार्ट्सको सुविधा प्रदान गर्दै आएको र ग्राहकहरूको सन्तुष्टिका लागि सिप्रदी  प्रतिबद्ध रहेको उनले बताए। 

कार्यक्रममा सिप्रदी ट्रेडिङ कमर्सियल भेहिकल्स बिजनेस युनिटका प्रोडक्ट म्यानेजर इन्द्रमणि पोखरेलले भने, ‘टाटा म्याजिक बीएस ६ ले आधुनिक सहरी यातायातमा क्रान्ति ल्याउनेछ। यसको प्रविधि, आराम, र सुरक्षा यात्रुको अनुभवलाई स्तरीय बनाउनेछ। यो गाडी विशेष गरी सहरी र विद्यालय यातायातलाई थप सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको छ।’ 


प्रकाशित : मंगलबार, मंसिर २५ २०८११३:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend