बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लक्ष्मी समूहले ल्याउने भयो चेरीको सबब्रान्ड क्यारीका विद्युतीय भ्यान

सोमबार, मंसिर २४ २०८१
लक्ष्मी समूहले ल्याउने भयो चेरीको सबब्रान्ड क्यारीका विद्युतीय भ्यान

बको केही समयभित्र क्यारीका ईभी भ्यान तथा पिकअप नेपाली बजारमा बिक्रीका लागि आइपुग्ने छन्।

काठमाडौं- लक्ष्मी समूहले चिनियाँ विद्युतीय ब्रान्ड चेरी समूहअन्तर्गतको क्यारी ब्रान्डको कमर्सियल सवारी ल्याउने भएको छ। लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी ई-मोबिलिटीले क्यारी ब्रान्ड पनि ल्याउने तय भएको छ।

कम्पनीले करिब दुई महिनाअघि क्यारी अटोसँग आधिकारिक बिक्रेताको सम्झौता गरेको हो। अबको केही समयभित्र क्यारीका ईभी भ्यान तथा पिकअप नेपाली बजारमा बिक्रीका लागि आइपुग्ने छन्। 

लक्ष्मी ई मोबिलिटीले यसअघि चिनियाँ ब्रान्ड काईको प्यासेन्जर विद्युतीय एसयूभी नेपाल भित्र्याएर बिक्री गर्दै आएको छ। त्यस्तै लक्ष्मी ई मोबिलिटीले चिनियाँ ब्रान्डको विद्युतीय भ्यान पनि ल्याउने सम्झौता गरेको छ। 

नेपाली बजारमा विद्युतीय कारसँगै कमर्सियल भ्यान तथा माइक्रोबसको बिक्री उल्लेख्यरुपमा बढ्दै गएको छ। सोही कारण अटोमोबाइल व्यवसायमा रहेका र नरहेकाहरु पनि चीन पुगेर विद्युतीय भ्यान तथा माइक्रोबस ल्याउन व्यावसायिक घरानाबीच हानथाप नै चलेको छ। एकपछि अर्काे घराना तथा व्यावसायिक समूह चिनियाँ ब्रान्ड भित्र्याउने प्रतिस्पर्धा भइरहेको छ।

विद्युतीय कार र कमर्सियल भ्यान तथा माइक्रोबसले बजार लिन थालेपछि गैरचिनियाँ ब्रान्ड बिक्रेताहरु पनि चिनियाँ ब्रान्ड ल्याउन आकर्षित भएका हुन्। गैरचिनियाँ ब्रान्डले विद्युतीय कार तथा भ्यान नबनाइसकेको र बनाए पनि महँगो भएकाले घरानाहरुको ध्यान चिनियाँ ब्रान्डतर्फ गएको हो।

हाल नेपाली बजारमा दुई दर्जन विद्युतीय भ्यान तथा माइक्रोबस ब्रान्ड आइसकेका छन्। सुरुमा दीगो ग्रुपले डीएफएसकेका विद्युतीय भ्यान नेपाल ल्याएको थियो। त्यसपछि अधिकांश घराना तथा व्यवसायीहरुले उत्पादक कम्पनी र तीनका एजेन्टसँगै सम्झौता गरेर भए पनि विद्युतीय भ्यान तथा माइक्रोबस आयात गरिरहेका छन्। 

त्यसयता विभिन्न व्यवसायीहरुले फोटोन, एसआरएम, स्काइवेल, डोङफेङ, सीएचटीसी, हाइगर, हाइलोङ, गोल्डेन ड्रागन, जोइलोङ, कावेलगायत ब्रान्डका विद्युतीय भ्यान तथा माइक्रोबस आइसकेका छन्। यसैगरी अन्य आधादर्जन कमर्सियल ईभी भ्यान तथा माइक्रोबस नेपाल आउने क्रममा रहेका छन्।

क्यारी अटोका भ्यानको मूल्य, विशेषता, सिट क्षमतालगायतबारे भने खुल्न बाँकी रहेको छ।

चेरी अटोमोबाइलको सबब्रान्ड क्यारी अटो २००९ मा स्थापना भएको थियो। त्यसअघि चेरीले विभिन्न ३ सबब्रान्ड स्थापना गरेको थियो। त्यसमध्य क्यारी अटोलाई चेरीले कमर्सियल र प्यासेन्जर कार बनाउने गरि अघि सारेको हो। 

त्यसयता क्यारीले विद्युतीय भ्यान, पिकअपलगायत कमर्सियल प्रयोजनका सवारी उत्पादन गर्दै आएको छ। २०१७ मा चेरी कमर्सियल भेहिकलले क्यारी न्यू इनर्जी नामक नयाँ डिभिजन बनाएको थियो। यो डिभिजनले के६० ईभी पहिलो उत्पादन गरेको थियो। त्यसको एक वर्षपछि युयु ईभी भ्यान बनाएको थियो। 

योबीचमा विभिन्न मोडल उत्पादन गरेको क्यारीले हाल ३ वटा मोडललाई केन्द्रित गरेर काम गरिरहेको छ। क्यारी डलफिन(हाइटुन), क्यारी प्राजोस र क्यारी एक्स६क्यारी लिटिल इलाफेन्ट ईभी रहेका छन्।  


प्रकाशित : सोमबार, मंसिर २४ २०८१११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend