बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

आइतबार, मंसिर २३ २०८१
सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हालैमात्र फोनपेसँगको सहकार्यमा 'सिटिजन्स फोनपे क्रेडिट कार्ड' सञ्चालनमा ल्याएको छ।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले वीरेन्द्रनगर सुर्खेतमा अवस्थित श्री कृष्ण संस्कृत तथा साधारण माविमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूलाई विद्यालयमा आयोजित एक समारोहका बीच शैक्षिक सामग्री हस्तान्तरण गरेको हो।

विभिन्न किसिमका अपांगता भएका बालबालिका र युवाका लागि काम गर्दै आएको मैत्री समाज नेपालसँगको सहकार्यमा बैंकले सो विद्यालयका विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री सहयोग गरेको हो।

दृष्टिविहीन तथा अन्य अपांगता भएका बालबालिकाहरुसँग पर्याप्त शैक्षिक सामग्री उपलब्ध नहुने र आवश्यक शैक्षिक सुविधाहरुबाट वञ्चित हुने भएकाले ब्रेल पेपर र अन्य ब्रेल शैक्षिक सामग्रीहरुले उनीहरुको अध्ययनमा सहजता प्राप्ति होस भन्ने अभिप्रायका साथ बैंकले सो सामग्रीहरु प्रदान गरेको जनाएको छ। 

सिटिजन्स बैंकले हालैमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक 'सिटिजन्स फोनपे क्रेडिट कार्ड' सञ्चालनमा ल्याएको जनाएको छ। भौतिक कार्डबिना नै मोबाइलको माध्यमबाट स्क्यान गरी क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता यस भर्चुअल क्रेडिट कार्डमा रहेको छ।

सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १ सय ९७ वटा शाखा, १ सय ६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइहरुबाट १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।


प्रकाशित : आइतबार, मंसिर २३ २०८११७:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend