बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २१ २०८१
सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन

आयोजनाबाट उत्पादित बिजुली माछापुच्छ्रे गाउँपालिका-४ लाहाचोकस्थित प्राधिकरणको सबस्टेशनमा जोडिएको छ। आयोजनामा पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ।

कास्की- २५ मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ। आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’ को काम पूरा भएसँगै व्यापारिक उत्पादन थालिएको हो।  

आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह भइसकेको प्रवद्र्धक कम्पनीका कार्यकारी अध्यक्ष जगबहादुर पोखरेलले बताए।

आयोजनाबाट उत्पादित बिजुली माछापुच्छ्रे गाउँपालिका-४ लाहाचोकस्थित प्राधिकरणको सबस्टेशनमा जोडिएको छ। आयोजनामा पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ। 

सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावरहाउसमा त्यसलाई खसालेर विद्युत् उत्पादन गरिएको हो। आयोजना जलप्रवाहमा आधारित छ। रासस

प्रकाशित : शुक्रबार, मंसिर २१ २०८११०:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend