बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

वीरगञ्ज भन्सारबाट लक्ष्यअनुसार राजस्व उठेन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २१ २०८१
images
वीरगञ्ज भन्सारबाट लक्ष्यअनुसार राजस्व उठेन

कार्यालयलाई यो अवधिमा ७० अर्ब ४४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य भन्सार विभागले निर्धारण गरेको थियो।

images
images

वीरगञ्ज- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा ४९ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। 

images
images
images

कार्यालयलाई यो अवधिमा ७० अर्ब ४४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य भन्सार विभागले निर्धारण गरेको थियो। 

images
images

 प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार असोज र कात्तिकमा धेरै सार्वजनिक बिदा भएकाले लक्ष्य प्राप्त गर्न कठीन भएको हो। यो कार्यालयमा ७० प्रतिशत राजस्व पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र सवारीसाधन आयातबाट प्राप्त हुने गरेको छ।

images
images

कार्यालयले गत साउनमा १२ अर्ब १६ करोड, भदौमा १३ अर्ब २३ करोड, असोजमा १३ अर्ब ४७ करोड  कात्तिकमा ११ अर्ब चार करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। 

गत आवको सोही अवधिमा ४९ अर्ब १८ करोड ३२ लाख ४३ रुपैयाँ संकलन भएको थियो। रासस


प्रकाशित : शुक्रबार, मंसिर २१ २०८११०:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend