बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बीएमडब्लूको ७ करोड रुपैयाँ पर्ने लक्जरी गाडी नेपाल ल्याएको एक हप्ताभित्र बिक्री

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २० २०८१
बीएमडब्लूको ७ करोड रुपैयाँ पर्ने लक्जरी गाडी नेपाल ल्याएको एक हप्ताभित्र बिक्री

काठमाडौं- नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सका आयातकर्ता र डिलर लक्ष्मी प्रिमियम मोटर्सले ७ करोड रुपैयाँ पर्ने देशकै सबैभन्दा महँगो लक्जरी गाडी 'बीएमडब्लू एक्स सेभेन एक्स-ड्राइभ ४० आई' ल्याएको एक हप्ताभित्र बिक्री गरेको जनाएको छ। 

कम्पनीका अनुसार यो मोडल गएको कात्तिक २९ गते नेपाल आयात गरिएको थियो। त्यसको एक हप्तामै गाडी बिक्री गर्न सफल भएको लक्ष्मी प्रिमियम मोटर्सले जनाएको छ। 

अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, मजबुत, सुरक्षा, शक्ति र विलासी सुविधाले सुसज्जित यो गाडी नेपालमा आएको अहिलेसम्मको सबैभन्दा महँगो लक्जरी गाडी भएको कम्पनीले जनाएको छ।

यो गाडी बिक्रीले नेपाली उपभोक्ताबीच प्रिमियम गाडीप्रतिको चासो र रुचिलाई प्रस्ट रूपमा उजागर गरेको कम्पनीको भनाइ छ।

कम्पनीले जनाएअनुसार 'बीएमडब्लू एक्स सेभेन एक्स-ड्राइभ ४०आई' को छोटो समयमा भएको सफल बिक्रीले नेपालमा प्रिमियम गाडीहरूको बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ। यो उपलब्धिले नेपाली बजारमा लक्जरी गाडीहरूको बढ्दो प्रभावलाई थप सशक्त बनाएको लक्ष्मी प्रिमियम मोटर्सको भनाइ छ।

BMW X7 (2).jpeg


प्रकाशित : बिहीबार , मंसिर २० २०८११६:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend