बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

मंगलबार, मंसिर १८ २०८१
अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

साथै अपांगता भएका व्यक्तिहरुलाई सहज सेवा प्रदान गर्नको लागि दरबारमार्ग शाखामा एकजना कर्मचारीलाई सम्पर्क व्यक्ति तथा फोकल पर्सनको रुपमा खटाइएको पनि बैंकले जनाएको छ।

काठमाडौं- अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ।

३३औँ अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा बैंकले अपांगता भएका व्यक्तिहरुको बैंकिङ कारोबारलाई थप सहजीकरण गर्नका लागि उपलब्ध स्रोत साधनहरुको अधिकत्तम प्रयोग गरी बैंकको दरबारमार्ग शाखालाई अपांगमैत्री शाखाको रुपमा विकास गर्न प्रयास गर्ने बैंकले जनाएको छ।

साथै अपांगता भएका व्यक्तिहरुलाई सहज सेवा प्रदान गर्नको लागि दरबारमार्ग शाखामा एकजना कर्मचारीलाई सम्पर्क व्यक्ति तथा फोकल पर्सनको रुपमा खटाइएको पनि बैंकले जनाएको छ।

यस्तै संयुक्त राष्ट्र संघ तथा नेपाल सरकारले तय गरेको नारा 'समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिहरुको  प्रबल नेतृत्व यसको आधार' लाई आत्मसात गर्दै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अपांगता संरक्षण नेपालसँगको सहकार्यमा शारीरिक अपांगता भएका तथा दृष्टिविहीनहरुलाई सहयोग गर्ने उद्देश्यअनुरुप बैंकको केन्द्रिय कार्यालय दरबारमार्गमा आयोजित एक कार्यक्रमका बीच सेतो छडीलगायतका सामग्रीहरु समेत वितरण गरेको छ।

यस किसिमका कार्यहरुबाट अपांगता भएका व्यक्तिहरुको सहज जीवनयापन गर्न तथा समावेशी तथा दिगो भविष्यको आधार निर्माण गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै 'महालक्ष्मी स्मार्ट साथी' सञ्चालनमा ल्याएको पनि जनाएको छ। 


प्रकाशित : मंगलबार, मंसिर १८ २०८११८:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend