बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दुई अर्ब ६३ करोडको लागतमा निर्माण भएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल

शनिबार, मंसिर १५ २०८१
दुई अर्ब ६३ करोडको लागतमा निर्माण भएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल
फाइल तस्बिर

करिब दुई अर्ब ६३ करोड २९ लाख रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको यो आयोजना क्षेत्रीय ऊर्जा आपूर्तिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

ताप्लेजुङ- ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण  सफल भएको छ। काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता १३ दशमलव ५ मेगावाट रहेको छ।

आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुंगानाका अनुसार परीक्षण गत आइतबारदेखि सुरु भएको थियो। परीक्षण सफल भएसँगै नेपाल विद्युत् प्राधिकरणका प्राविधिकले अन्तिम जाँच तथा निरीक्षण गरी शनिबारसम्ममा आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने तयारी भइरहेको छ।

उनका अनुसार आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको पाँचथरस्थित अमरपुर सबस्टेसन (१३२ केभीए क्षमता) मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। 

सिरिजंघा-८ याम्फुदिनको राते खोलामा अवस्थित विद्युतगृहबाट अमरपुर सब-स्टेसनसम्मको करिब ३१ किलोमिटर दुरीमा रहेका प्रसारण लाइनको परीक्षण पनि सफल भएको छ। सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना स्नो रिभर्स लिमिटेडले निर्माण गरेको हो।

विसं २०७९ मङ्सिर अन्तिम साताबाट सुरु भएको आयोजना छोटो अवधिमै सम्पन्न भएको जनाइएको छ। करिब दुई अर्ब ६३ करोड २९ लाख रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको यो आयोजना क्षेत्रीय ऊर्जा आपूर्तिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सोही क्षेत्रमा काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले २१ दशमलव १३ मेगावाट क्षमताको अर्को जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ, यसले स्थानीय र राष्ट्रिय ऊर्जा उत्पादनलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ। रासस


प्रकाशित : शनिबार, मंसिर १५ २०८१११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend