बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनपीएल २०२४ डिशहोम गो एप र एक्सन स्पोर्टसको युट्यूब च्यानलमा

बुधबार, मंसिर १२ २०८१
एनपीएल २०२४ डिशहोम गो एप र एक्सन स्पोर्टसको युट्यूब च्यानलमा

डिशहोमले एनपीएल २०२४ का सबै म्याचहरू प्रत्यक्षरूपमा डिशहोम गो एप र एक्सन स्पोर्टस एचडी नामक यूट्यूब च्यानलमा प्रसारण गर्नेछ।

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गरेको छ।

यो साझेदारीअन्तर्गत डिशहोमले एनपीएल २०२४ का सबै म्याचहरू प्रत्यक्षरूपमा डिशहोम गो एप र एक्सन स्पोर्टस एचडी नामक युट्यूब च्यानलमा प्रसारण गर्नेछ। कम्पनीको यो पहलले नेपालका सबै क्रिकेट प्रेमीहरूले सहजरुपमा एनपीएल २०२४ का सम्पुर्ण खेलहरु नेपालभित्र जुनसुकै स्थानबाट सहजरुपमा हेर्न सकिने डिशहोमले जनाएको छ।  

डिश मिडिया नेटवर्क लिमिटेड नेपाली क्रिकेटको विकासका लागि सहयोग र प्रेरणा प्रदान गर्न सधैँ तत्पर रहेको डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बताएकी छिन्।

एनपीएल २०२४ को डिजिटल स्ट्रिमिङ अधिकारको प्राप्ति ठूलो उपलब्धि भएको र यो साझेदारीले नेपाली क्रिकेटलाई नयाँ उच्चाईमा पुर्‍याउन मद्दत गर्नका साथै देशभरिका क्रिकेट प्रेमीहरूलाई एकै स्थानमा जोड्ने विश्वास कम्पनीले लिएको मानन्धरले बताइन्।

यस साझेदारीले डिशहोमलाई नेपाली क्रिकेटको उत्साह र समर्थन अझ सशक्त बनाउन नयाँ मार्गदर्शन प्रदान गरेको कम्पनीले जनाएको छ। 

एनपीएलको पहिलो सिजन १५ मङ्सिरदेखि ६ पुस २०८१ सम्म हुँदैछ।

एनपीएल २०२४ मा विराटनगर, चितवन, जनकपुर, कर्णाली, काठमाडौं, लुम्बिनी, पोखरा, र सुदूरपश्चिम गरी ८ फ्रेनचाइज टिमहरूले राउन्ड-रोबिन फर्म्याटमा प्रतिस्पर्धा गर्नेछन्। कुल ३२ खेलहरूको रोमाञ्चक यात्रा, त्रिवि क्रिकेट मैदानमा सम्पन्न हुनेछ।


प्रकाशित : बुधबार, मंसिर १२ २०८१११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend