बिहीबार , मंसिर २७ गते २०८१    
images
images

२०२५ मा ८ नयाँ कार सार्वजनिक गर्दै एमजी : ईएस फाइभ नेपाल आउने निश्चित, अन्य कुनकुन आउलान्?

images
आइतबार, मंसिर ९ २०८१
images
images
२०२५ मा ८ नयाँ कार सार्वजनिक गर्दै एमजी : ईएस फाइभ नेपाल आउने निश्चित, अन्य कुनकुन आउलान्?

अन्य बजारमा भने हाइब्रिड, सेडान तथा विद्युतीय कार सबै सेगमेन्टलाई एमजीले प्राथमिकता दिएको छ।

images
images

काठमाडौं- बेलायती सवारी उत्पादक ब्रान्ड एमजी (मोरिस ग्यारेज)ले ठूलो संख्यामा नयाँ मोडलका सवारी ल्याउने भएको छ। कम्पनीले आईसी इन्जिन कारदेखि विद्युतीय तथा हाइब्रिड कार ल्याउने जनाएको छ। 

images
images
images

एमजीका कार नेपाली बजारदेखि भारत, अस्ट्रेलिया, युरोप हुँदै चिनियाँ बजारसम्म लोकप्रिय रहेका छन्। नेपाली बजारमा भने विद्युतीय कारलाई प्राथमिकता दिएर ल्याउने तयारी एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले लिएको छ। 

images

अन्य बजारमा भने हाइब्रिड, सेडान तथा विद्युतीय कार सबै सेगमेन्टलाई एमजीले प्राथमिकता दिएको छ। एमजीले ईएसफाइभ मिडसाइज एसयूभी, एमजी सेभेन, एलसेभेन सेडानलगायत आठवटा कार अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गर्ने बताएको छ। 

images

चिनियाँ सवारी उत्पादक समूह एसएआईसीको स्वामित्वमा रहेको एमजीले अस्ट्रेलियाली बजारलाई पनि प्राथमिकतामा राखेको छ। अस्ट्रेलियामा एमजीले सार्वजनिक गर्ने सबै नयाँ मोडलका कार उपलब्ध हुनेछ। हालै चीनमा सार्वजनिक भएको ईएस फाइभ पनि उपलब्ध हुनेछ। 

नेपालमा आउँदै छ ईएस फाइभ

एमजीको नयाँ विद्युतीय कार ईएस फाइभ चिनियाँ बजारमा हालै सार्वजनिक भएको थियो। एसएआईसी मोटर कर्पाेरेसनको अन्तर्गतको ब्रान्ड एमजीको यो गाडीले एक पटकको चार्जमा करिब ५ सय २५ किलोमिटर चल्ने दाबी गरिएको छ। 

रियर ह्वील ड्राइभ अप्सनमा उपलब्ध यो कारले चालकहरूलाई चिप्ला सडकमा वा हावाहुरी चलेको समयमा पनिे गाडी नियन्त्रण गर्न सजिलो हुन्छ। रियर ह्वील ड्राइभ विशेषताले गाडीको इन्जिनबाट उत्पन्न हुने शक्तिलाई पछाडिका चक्कामा केन्द्रित गरिदिन्छ, जसले गर्दा अगाडिको चक्का घुमाउन सजिलो हुन्छ। यो गाडी सहर र अफरोड दुवै बाटोमा चलाउन सहज हुने कम्पनीको भनाइ छ। 

एमजी ईएस फाइभ लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्रयोग भएको यो गाडी तीन क्षमतामा उपलब्ध छ। ४ सय २५ किमि, ५ सय १५ किमि र ५ सय २५ किमि क्षमताका गाडी उपलब्ध छन्। नेपाली बजारमा भने ईएस फाइभ कुन कुन अप्टनको उपलब्ध हुन्छ भन्ने खुलेको छैन। 

यो कारमा प्रयोग भएको ब्याट्री एक सय १० एमएम मोटाइ भएको यसको ब्याट्री विश्वमै पातलो ब्याट्रीको रूपमा रेकर्ड बनाएको दाबी कम्पनीले गरेको छ। यो गाडीमा ४९.१ किलोवाट आवर र ६२.२ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध छ।     

८ सेकेन्डमै प्रतिघण्टा १ सय किलोमिटरको गति यो कारले तग गर्न सक्छ। यो गाडीको अधिकतम गति १ सय ७० किलोमिटर प्रतिघण्टा रहेको छ। यो विद्युतीय कार २०२५ को फेब्रअरीसम्ममा नेपाल आइपुग्ने एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले जनाएको छ। 

पारामाउन्टले ईएस फाइभका साथै यो वर्ष सार्वजनिक हुने अन्य मोडल पनि नेपाली बजारमा उपलब्ध गराउने बताएको छ। एमजीको जेडएस ईभी, एमजी फोर र कोमेट ईभी बिक्री भइरहेका छन्। 


प्रकाशित : आइतबार, मंसिर ९ २०८११७:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend