बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाली कांग्रेसको कोषाध्यक्ष बने व्यवसायी उमेश श्रेष्ठ

आइतबार, मंसिर ९ २०८१
नेपाली कांग्रेसको कोषाध्यक्ष बने व्यवसायी उमेश श्रेष्ठ

उद्योग व्यवसायसँगै राजनीतिमा सक्रिय श्रेष्ठ यसअघि संविधानसभाको सदस्य, राज्यमन्त्री भइसकेका छन्।

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा व्यवसायी उमेश श्रेष्ठ कांग्रेसका कोषाध्यक्ष बनेका छन्। 

नेपाली कांग्रेसको विधानअनुसार श्रेष्ठलाई सभापति शेरबहादुर देउवाले मनोनयन गरेका हुन्। कांग्रेसको विधानअनुसार कार्यसमितिको पदाधिकारीलाई कोषाध्यक्ष पदमा मनोनित गर्ने व्यवस्था रहेको छ। 

केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनित गर्ने व्यवस्था भएपनि देउवाले अहिले आएर कोषाध्यक्षमा श्रेष्ठलाई मनोनित गरेका हुन्। 

उद्योग व्यवसायसँगै राजनीतिमा सक्रीय श्रेष्ठ यसअघि संविधानसभाको सदस्य, राज्यमन्त्री भइसकेका छन्। 

कोषाध्यक्षका लागि कांग्रेसकै विरासत बोकेका नेतादेखि राजनीतिमा सक्रिय भएका अरु व्यवसायी आकांक्षी रहँदै आएका थिए। सबैभन्दा धेरै अर्का नेता तथा व्यवसायी विनोध चौधरी आकांक्षी थिए। 

 


प्रकाशित : आइतबार, मंसिर ९ २०८११४:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend