बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भाटभटेनी सुपरमार्केटका छतमा १२.७५० मेगावाट बराबरको सौर्य विद्युत उत्पादन गरिने

शनिबार, मंसिर ८ २०८१
भाटभटेनी सुपरमार्केटका छतमा १२.७५० मेगावाट बराबरको सौर्य विद्युत उत्पादन गरिने

रिन्यु होल्डिङ्सले सोलर, हाइड्रो लगायतका नेपालको नवीकरणीय ऊर्जाका साथै चार्जिंग स्टेसन र नवीकरणीय ऊर्जासम्बन्धी नवीनतम प्रविधिमा काम गर्ने लक्ष्य लिएको छ।

काठमाडौं- भाटभटेनीका विभिन्न सुपरमार्केटहरूको छत तथा खाली स्थानहरूलाई उपयोग गरेर जम्मा १२.७५० मेगावाट बराबरको सौर्य विद्युत उत्पादन हुने भएको छ। 

यसका लागि भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालि र रिन्यु होल्डिङ्स प्रालिबीच सम्भौता भएको हो। भाटभटेनीका विभिन्न सुपरमार्केटहरूको छत तथा खाली स्थानहरूलाई उपयोग गरेर १२.७५० मेगावाट बराबरको सौर्य विद्युत उत्पादन तथा सहकार्य गर्न सम्झौता भएकाे भाटभटिनीले जनाएको छ। 

यस समझौतापत्रमा भाटभटेनीका तर्फबाट संचालक साबित्री गुरुङ र रिन्यु होल्डिङ्सको तर्फबाट प्रबन्ध निर्देशक  किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

रिन्यु होल्डिङ्सले सोलर, हाइड्रो लगायतका नेपालको नवीकरणीय ऊर्जाका साथै चार्जिंग स्टेसन र नवीकरणीय ऊर्जासम्बन्धी नवीनतम प्रविधिमा काम गर्ने लक्ष्य लिएको छ।

भाटभटेनीले देशभर २७ वटा सुपरमार्केटको स्थापना गरिसकेको छ भने अबको ५ वर्षमा ५१ वटा स्टोर स्थापना गर्ने लक्ष्य लियेको छ। जहाँ सबै संरचनामा नवीकरणीय ऊर्जा प्रयोगमा जोड दिइनेछ।

यस सम्झौताले नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रको प्रवर्द्धन र दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ भने कार्बन उत्सर्जनलाई पनि कम गर्नेछ।

रिन्यु होल्डिङ्स र भाटभटेनी सुपरमार्केट दुवै संस्थाहरूले भविष्यमा पनि आपसी सहकार्य र राष्ट्रिय ऊर्जा लक्ष्यमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।


प्रकाशित : शनिबार, मंसिर ८ २०८११४:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend