बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

काठमाडौंमा अष्ट्रियन कलाकारको प्यान्टोमाइम

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर ७ २०८१
काठमाडौंमा अष्ट्रियन कलाकारको प्यान्टोमाइम

मनकामना केबलकारको प्रायोजन तथा नेपालका लागि अस्ट्रियाको अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठको सहयोग रहेको कार्यक्रममा नयाँ दिल्लीस्थित अस्ट्रियन राजदूतावास अन्तर्गतको अस्ट्रियन कल्चरल फोरमका डाइरेक्टर माइकल पल र उनकी श्रीमती इरेना पल पनि सहभागी थिए ।

काठमाडौं-  अस्ट्रियन कलाकारद्वय मारिआना डे मेओ र रोमन मारिया मुल्लरले काठमाडौंमा प्यान्टोमाइम प्रस्तुत गरेका छन्। 

पाटन दरबार स्क्वायरको पाटन म्युजियममा उनीहरूले प्रस्तती दिएका थिए। कला र संस्कृतिको माध्यमबाट दुई मुलुकबीचको जनस्तरीय सम्बन्ध प्रगाढ बनाउने तथा नेपाल र अस्ट्रियाबीचको आपसी समझदारीलाई अझ बलियो बनाउने उद्देश्यले कार्यक्रम गरिएको  नयाँ दिल्लीस्थित अस्ट्रियन राजदूतावासले जानकारी दिएको छ। 

"कूटनीति राजनीतिक र आर्थिक सम्बन्ध मात्र होइन; सांस्कृतिक आदानप्रदान, समझदारी निर्माण र मुलुकहरुबीचको मित्रताको सबलीकरणबाट पनि यो फस्टाउँछ" नेपालका लागि अस्ट्रियाका अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठले भने। 

यस्ता कार्यक्रमले एकअर्काको सांस्कृतिक पहिचानबारे ज्ञान बढाउन महत्वपूर्ण भूमिका खेल्ने र नेपालसँगको मित्रताप्रति मित्रराष्ट्र अस्ट्रियाको प्रतिबद्धता झल्काउने पनि उनले बताए।

मनकामना केबलकारको प्रायोजन तथा नेपालका लागि अस्ट्रियाको अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठको सहयोग रहेको कार्यक्रममा नयाँ दिल्लीस्थित अस्ट्रियन राजदूतावास अन्तर्गतको अस्ट्रियन कल्चरल फोरमका डाइरेक्टर माइकल पल र उनकी श्रीमती इरेना पल पनि सहभागी थिए ।

प्रकाशित : शुक्रबार, मंसिर ७ २०८११४:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend