बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनपीएलमा सहभागी टोली सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच प्रायोजनसम्बन्धी समझदारी

बुधबार, मंसिर ५ २०८१
एनपीएलमा सहभागी टोली सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच प्रायोजनसम्बन्धी समझदारी

समझदारीअनुरुप एनपीएल प्रतियोगिता २०८१ मा सुदूरपश्चिम रोयल्स टिमको टेलिकम पार्टनरको रुपमा नेपाल टेलिकम रहनेछ।

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को प्रथम संस्करणमा सहभागी टोली सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच प्रायोजनसम्बन्धी समझदारी भएको छ।

मंसिर १५ गतेदेखि काठमाडौंमा आयोजना हुन गइरहेको एनपीएलको प्रथम संस्करणमा सहभागी टोली सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच मंगलबार प्रायोजनसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको छ। समझदारीअनुरुप एनपीएल प्रतियोगिता २०८१ मा सुदूरपश्चिम रोयल्स टिमको टेलिकम पार्टनरको रुपमा नेपाल टेलिकम रहनेछ।

उक्त समझदारीपत्रमा नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सको तर्फबाट टिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गरेका थिए।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक अर्यालले नेपालको खेलकुद क्षेत्रको वृहत्तर विकासका लागि नेपाल टेलिकमले सदैव योगदान दिँदै आएको र नेपाली क्रिकेटसँग पनि लामो समयदेखि जोडिइरहेको सन्दर्भ उल्लेख गर्दै सुदूरपश्चिम रोयल्समार्फत एनपीएल २०८१ मा जोडिन पाउँदा खुशी लागेको बताइन्।

उनले एनपीएल २०८१ मार्फत नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्ने र यो प्रतियोगिता नेपाली खेलकुद विकासक्रमकै महत्वपूर्ण कोसेढुंगाको रुपमा स्थापित हुने बताउँदै सुदूरपश्चिमाञ्चल रोयल्स टिमलाई शुभकामना दिइन्।


प्रकाशित : बुधबार, मंसिर ५ २०८११४:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend