शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

५२ हजार बुट खरिदमा ४ करोड ८५ लाख आर्थिक हिनामिना गर्दै नेपाली सेना

सबैभन्दा सस्तोलाई छोडेर १०औं बढी रकम हाल्ने कम्पनीसँग खरिद सम्झौता हुँदै

बुधबार, माघ ५ २०७८
५२ हजार बुट खरिदमा ४ करोड ८५ लाख आर्थिक हिनामिना गर्दै नेपाली सेना

तर राजेन्द्र क्षेत्री प्रधानसेनापति भएसँगै यो व्यवस्था बन्द गरिएको थियो। यही निर्णयले सेना भित्र आर्थिक हिनामिनाको काममा प्रोत्साहन गरेको छ। 

काठमाडौं- नेपाली सेनाले ५२ हजार कालो लेदरको बुट खरिदमा आर्थिक हिनामिना गर्दै खरिद सम्झौता गर्न लागेको छ। नेपाली सेनाले ५२ हजार बुट खरिदमा ४ करोड ८५ लाख रुपैयाँँभन्दा आर्थिक हिनामिना गर्न लागको हो।

सेनाले ५२ हजार बुट खरिदका लागि कात्तिक २ गते मंगलबार टेन्डर गरेको थियो।  सेनाको टेन्डरमा नेपाली, चिनियाँ तथा भारतीय कम्पनीहरु सहभागी थिए। टेन्डरमा १४ वटा कम्पनी सहभागी भएका थिए।

यसरी सहभागी मध्धे सबैभन्दा कम रकममा बुट दिन तयार रहेको कम्पनीलाई छोडेर नेपाली सेनाले सबैभन्दा बढी रकम कबुल गर्ने कम्पनीसँग सम्झौता गर्न लागेको हो।

टेन्डरमा सहभागी रोमी सप्लायर्सले प्रतिजोर १ हजार २ सय ८९.९६ भारु (२ हजार ६३ रुपैयाँ ९३ पैसा)मा बुट दिने कबुल गरेको थियो। तर सेनाले कम रकमलाई छोडेर १०औं बढी रकम कबुल गर्ने कर्मचार्य ब्रदर्ससँग बुट खरिदका लागि सम्झौता गर्न लागेको हो।

सेनाले प्रतिजोर १ हजार ८ सय ७३ भारु (२ हजार ९ सय ९६ रुपैयाँ ८० पैसा)मा बुट दिन तयार रहेको कम्पनीसँग सम्झौता गर्न आशयको सूचना निकालिसकेको छ। 

कम रकम कबुल गर्ने कम्पनीसँग बुट खरिद गरेको अवस्थामा सेनाको ३ करोड ३ लाख १८ हजार ८० भारु (अर्थात ४ करोड ८५ लाख ८ हजार ९ सय २८ रुपैयाँ) कममा बुट खरिद गर्न सक्थ्यो। तर आर्थिक हिनामिना गर्दै सेनाले बढी रकम कमबुल गर्ने कम्पनीलाई सम्झौता गर्न आउने भन्दै माघ ३ गते सोमबार पत्र पठाएको हो। सेनाले ५२ हजार जोर बुट खरिदका लागि ९ करोड ७३ लाख ९६ हजार भारुमा सम्झौता गर्न आउनका लागि पत्र काटेको हो।

सेनाले टेन्डरमा सहभागी सबै कम्पनी, सार्वजनिक खरिद अनुगमन कार्यालय  र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई बोदार्थ पठाएको छ। तर, रक्षा मन्त्रालयलाई भने उक्त विषयको जनाकारी दिएको छैन।

सेनाले रक्षा मन्त्रालयमा आफूले गर्ने ठेक्का पट्टाका विषयमा विवरण सहित फाइल नै  मन्त्रालय पठाउँदै आएको थियो। तर राजेन्द्र क्षेत्री प्रधानसेनापति भएसँगै यो व्यवस्था बन्द गरिएको थियो। यही निर्णयले सेना भित्र आर्थिक हिनामिनाको काममा प्रोत्साहन गरेको छ। 

यता नेपाली सेनाले भने बुट खरिद प्रक्रिया अनुसार नै भएको जनाएको छ ठेक्कामा पैसा नहेरि अन्य कुराहरु पनि हेरिने भएकाले बुट खरिद नियामानुसार नै भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बिजनेस न्युजलाई बताए। 

‘जुत्ता भन्ने वित्तिकै गुणस्तरको पनि कुरा आउछ, सोही कारण धेरै मूल्यांकन पेस गर्नेसँग पनि सम्झौता हुने गर्दछ,’ सिलवालले भने, ‘अहिलेको यो जुत्ताको ठेक्का सोही भएको हुनसक्छ। सबै कुरा मलाई पनि जानकारी नभएकोले के कारण हो भन्न सक्ने अवस्था छैन।’ तर पनि पैसा मात्रै नभएर अन्य गुणस्तर पनि हेर्ने भएकोले सोही अनुसार भएको हुनुपर्ने सैनिक प्रवक्ता सिलवालले बताए। 

कुन कम्पनीले कति हालेका थिए रकम (प्रतिजोर)

१. रोमी सप्लायर्सले प्रतिजोर १ हजार २ सय ८९.९६ भारु

२. इस्टन इन्टर इन्टरकन्टिनेन्टल १ हजार २ सय ९८.८५ भारु 

३. रमा ट्रेडिङ १ हजार ३ सय ४ भारु 

४. गाई खुरा इन्टरनेशलन २ हजार ४ सय ६० रुपैयाँ नेपाली 

५. अन्तरा इन्टरनेश्नल १ हजार ५ सय ९० भारु

६. एस इन्टरप्राइजेज १ हजार ६ सय ७३ दशमल ४३ भारु

७. सिल्क-बिड जेभी चाइनाा २ हजार ६ सय ४९ नेपाली 

८. जय सलिना १ हजार ६ सय ८३ भारु

९. न्यू नेहा फुटवेयर एण्ड ग्रामेन्नट २ हजार ७ सय नेपाली

१०. जय हनुमान इन्टरप्राइजेज १ हजार ८ सय ९  भारु

११. कर्मचार्य ब्रदर्स १ हजार ८ सय ७३  भारु

१२. एडी सप्लायर्स १ हजार ८ सय ८१ भारु


प्रकाशित : बुधबार, माघ ५ २०७८११:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend