बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चैनपुर सेतीसहित १४ आयोजनाको विद्युत् अनुमतिपत्र जारी, सौर्य ऊर्जातर्फ दुईवटा आयोजना

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर २ २०८१
चैनपुर सेतीसहित १४ आयोजनाको विद्युत् अनुमतिपत्र जारी, सौर्य ऊर्जातर्फ दुईवटा आयोजना

सौर्य ऊर्जातर्फ दुई आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको र तिनको कुल क्षमता १७ दशमलव तीन मेगावाट रहेको जनाइएको छ।

काठमाडौं- नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको विद्युत् विकास विभागले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ। 

विभागका महानिर्देशक नवीनराज सिंहका अनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विभागले जलविद्युत् आयोजना, प्रसारण लाइनको अनुमति प्रदान गर्दै आएको छ।
 
विभागले जलविद्युत्तर्फ सातवटा आयोजनाको अनुमतिपत्र प्रदान गरेको छ। ती आयोजनाको कुल क्षमता ६९ दशमलव दुई मेगावाट रहेको छ। सौर्य ऊर्जातर्फ दुईवटा आयोजनाको कुल ४० मेगावाट बराबरको जडित क्षमता छ। 

विभागले वायु ऊर्जातर्फ एक आयोजनाको कुल १० मेगावाट बराबरको क्षमता रहेको जनाएको छ। यसरी कुल १० वटा आयोजनाको एक सय १९ दशमलव दुई मेगावाट जडित क्षमताको विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र जारी गरिएको हो। 

जलविद्युत्तर्फ चैनपुर सेती जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र जारी गरिको छ। सो आयोजनाको कुल क्षमता दुई सय १० मेगावाट रहेको छ।

यस्तै अन्य १२ वटा आयोजनालाई पनि उत्पादन अनुमतिपत्र प्रदान गरिएको छ। ती आयोजनाको क्षमता तीन सय ५३ दशमलव दुई मेगावाट छ। 

सौर्य ऊर्जातर्फ दुई आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको र तिनको कुल क्षमता १७ दशमलव तीन मेगावाट रहेको जनाइएको छ।

यसबीचमा विभागले तीन सय ७० दशमलव पाँच मेगावाट क्षमता बराबरका कुल १४ वटा आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र जारी गरेको छ। 

प्रसारण लाइनतर्फ ३३ केभी क्षमताको ५६ दशमलव ४५ सर्किट किलोमिटर, एक सय ३२ केभी क्षमताको दुई सय १० दशमलव ९५ सर्किट किलोमिटर, दुई सय २० केभी क्षमताको एक सय २५ दशमलव एक सर्किट किलोमिटर, चार सय केभी क्षमताको २९ दशमलव ३७ सर्किट किलोमिटर गरी कुल २२ वटा विद्युत् प्रसारणको सर्वेक्षण अनुमतिपत्रसमेत जारी गरिएको महानिर्देशक सिंहले जानकारी दिए। 
 
त्यस्तै, प्रसारण लाइनतर्फ ३३ केभी क्षमताको २३ दशमलव पाँच सर्किट किलोमिटर, एक सय ३२ केभी क्षमताको १९ दशमलव आठ सर्किट किलोमिटर, दुई सय २० केभी क्षमताको १२ दशमलव एक सर्किट किलोमिटर र चार सय केभी क्षमताको पाँच सर्किट किलोमिटर गरी कुल सातवटा विद्युत् प्रसारण लाइनको अनुमतिपत्र जारी गरिएको उनले बताए।
 
विभागका अनुसार वितरण लाइनतर्फ ३३ केभी क्षमताको कुल ८३ सर्किट किलोमिटर हुने सातवटा विद्युत् वितरणतर्फको अनुमतिपत्र जारी गरेको छ। रासस


प्रकाशित : आइतबार, मंसिर २ २०८१०९:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend