बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

प्रिमियममा सेयर जारी गर्ने घोराही सिमेन्टको घाटा १५८ प्रतिशतले बढ्यो, उत्पादनमा कटौती तर ब्याज र मूल्यह्रासमा भारी वृद्धि

images
शुक्रबार, कात्तिक ३० २०८१
images
प्रिमियममा सेयर जारी गर्ने घोराही सिमेन्टको घाटा १५८ प्रतिशतले बढ्यो, उत्पादनमा कटौती तर ब्याज र मूल्यह्रासमा भारी वृद्धि
images
images

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै घोराही सिमेन्टको खुद घाटा करिब १५८ प्रतिशतले बढेको छ। नेपाल धितोपत्र बोर्डबाट प्रिमियममा सेयर जारी गर्नका लागि मूल्यह्रासको पद्धति परिवर्तन गरेर कृत्रिम नाफा देखाएको यस कम्पनीले पछिल्लो १ वर्षयता निरन्तररुपमा घाटाको विवतरण प्रकाशन गर्दै आएको छ।

images
images
images

गत आर्थिक वर्ष यो कम्पनीले १ अर्ब २१ करोड घाटामा गएको वित्तीय विवरण सार्वजनिक गरेको थियो। विगत १ वर्षयता बैंकहरुले ब्याजदर तिब्ररुपमा घटाएपनि बैंकले आफ्नो ब्याजदर खर्चमा उल्लेखिय वृद्धि भएको देखाउँदै आएको छ। सिमेन्टको मागमा कमी आएकाले उत्पादन कटौती भएको बताए पनि यस कम्पनीको ब्याज खर्च र मूल्यह्रासमा निरन्तरको वृद्धि देखिएको छ। 

images
images

चालु आर्थिक वर्षको पहिलो त्रैमास यो कम्पनी ५१ करोड ३७ लाख रुपैयाँ घाटामा रहेको छ। गत वर्षको यसै अवधिमा घोराही सिमेन्ट १९ करोड ८८ लाख रुपैयाँ घाटामा रहेको विवरण प्रकाशन गरेको थियो।

images
images

गत आर्थिक वर्षको तुलनामा कम्पनीको आम्दानीमा करिब २५ कमी देखिएकोछ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको ८८ करोड ८८ लाख रुपैयाँको बिक्री रहेकोमा यस वर्षको सोही अवधिमा ६६ करोड ८४ लाखमा सीमित भएको छ। आम्दानीको तुलनामा बिक्री खर्च बढी भएकाले कम्पनीले कुल घाटा ३९ करोड ९३ लाख रुपैयाँ देखाएको छ। 

गत आर्थिक वर्ष ११ करोड ३७ लाख रुपैयाँ कुल नाफामा रहेको कम्पनी यस वर्ष ३ करोड ९९ लाख रुपैयाँले नोक्सानीमा रहेको छ। 

ब्याजदर घटे पनि कम्पनीको ब्याज खर्च गत वर्षको तुलनामा शतप्रतिशतले बढेको छ। गत वर्षको पहिलो त्रैमासमा ब्याज खर्च १२ करोड ४९ रहेकोमा यस वर्षको सोही अवधिमा बढेर २५ करोड २४ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्ष मुल्यह्रासमा ९ करोड ६३ लाख रुपैयाँ रहेकोमा यस वर्ष बढेर १७ करोड १६ लाख रुपैयाँ पुगेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यस कम्पनीले आफ्नो  सम्पत्ति, यन्त्र तथा उपकरणमा अस्वभाविक वृद्धि देखाएर मूल्यह्रास बढी देखाएको देखिन्छ।

गत आर्थिक वर्षको तुलनामा यस कम्पनीले आफ्नो वासलातमा यस शिर्षकमा २८९ प्रतिशतको वृद्धि देखाएर मुल्यह्रास बढी कटौति गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा उपकरण तथा सम्पत्तिको मूल्य ६ अर्ब ५१ करोड रहेकोमा यस वर्षको सोही अवधिमा बढाएर १८ करोड ८६ लाख रुपैयाँ पुर्याएको छ। 

उत्पादनबिनै कम्पनीले दीर्घकालिन ऋण ६ अर्ब ३३ करोडबाट बढाएर ६ अर्ब ८० करोड रुपैयाँ र चालु पुँजी कर्जा ३ अर्ब ३२ करोडबाट बढाएर ३ अर्ब ५३ करोड रुपैयाँ पुर्याएको छ। यद्यपी गत वर्षको तुलनामा ब्याज खर्च दोब्बरले बढ्नुपर्ने स्पस्ट आधार भने कम्पनीको वित्तीय विवरणबाट प्रस्ट हुँदैन।


प्रकाशित : शुक्रबार, कात्तिक ३० २०८१०७:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend