बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कुलमानले भने - कानूनबमोजिम बक्यौता उठाउन प्रतिबद्ध छु, विचलित हुने छैन

'उद्योगीले बिल देखाउनुस् भन्ने कुरा नै होइन, सबै बिल ठीक छ'

बुधबार, कात्तिक २८ २०८१
कुलमानले भने - कानूनबमोजिम बक्यौता उठाउन प्रतिबद्ध छु, विचलित हुने छैन

'उद्योगले बिल देखाउनुस् भन्ने कुरा नै होइन। कानूनी निकायले यो ठीक छैन भनिदिनु पर्छ। यो बिल ठीक छ भनेर कानूनी निकायले भनेपछि मैले के भन्ने?'

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनका विषयमा आफू बक्यौता उठाउन प्रतिबद्ध रहेको र कुनै पनि हालतमा विचलित नहुने बताएका छन्। 

बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले भने, 'कानूनबमोजिम बक्यौता उठाउने प्रतिबद्धता गर्दछु। यसमा म विचलित हुने छैन।' घिसिङले जनतालाई अँध्यारामा राखेर उद्योगीलाई दिइएको बिजुलीको बक्यौता कानूनबमोजिम उठाइने बताएका हुन्।

नक्कली नाफा देखाउन बिल काट्यो भन्ने आरोप लाग्ने गरेको र त्यो आरोप सरासर गलत भएको उनले पत्रकार सम्मेलनमा बताए। 'उद्योगीले देशको अर्थतन्त्रमा पुर्‍याएको योगदानको उच्च सम्मान गर्दछु। देशको हितमा राजस्व उठाउनेबाहेक मेरो व्यक्तिगत अर्को कुनै स्वार्थ छैन। के मैले राजस्व उठाउन खोज्नु राजनीति गरेको हुन्छ? संस्थाको राजस्व उठाउन खोज्नु नाजायज हो त?' उनले भने। 

उद्योगीहरूले अटेर गरेर बक्यौता नतिर्दा अन्य साना ग्राहकले पनि बक्यौता तिर्न छाडेको उनको भनाइ छ। प्राधिकरणबाट डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएकामध्ये २८ बाहेक अन्य उद्योगीले नियमित महसुल तिरिरहेको जानकारी दिँदै कार्यकारी निर्देशक घिसिङले ठूला घरानाका उद्योगले महसुल नतिर्दा ग्राहकले पनि शुल्क तिर्न गाह्रो मानिरहेको बताए।

'त्यसका कारण सर्वसाधारणले पनि तिर्न छाडेका छन्। ठूला उद्योगीको उठाउनुस् र हामीकहाँ आउनुस् भनेर साना ग्राहकहरूले पनि भन्न थालेका छन्। यसले समस्या आएको छ' उनले भने। 

'उद्योगले बिल देखाउनुस् भन्ने कुरा नै होइन। कानूनी निकायले यो ठीक छैन भनिदिनु पर्छ। यो बिल ठीक छ भनेर कानूनी निकायले भनेपछि मैले के भन्ने? पहिले पठाएको नै ठीक छ' उनले भने। 

पत्रकार सम्मेलनमार्फत आफूले कानूनबमोजिम गर्ने बताइरहँदा घिसिङले मन्त्रिपरिषद् र प्राधिकरणकै सञ्चालक समितिको निर्णयविपरीत उद्योगमा टीओडी मिटरबिनै पुनः पुरानै पत्र पठाएका छन्। घिसिङले केही ठूला उद्योगमा बुधबार नै बक्यौता तिर्न भन्दै पुरानै शैलीमा पत्र पठाएका हुन्।

मन्त्रिपरिषद् बैठकले टीओडी मिटरका आधारमा महसुल उठाउने निर्णय गरे पनि आफूहरूले पहिले काटेको बिल नै सही भएकाले नयाँ गणना नगर्ने घिसिङको भनाइ छ।

सरकार र प्राधिकरण बोर्डकै निर्णयविपरीत कुलमानले उद्योगमा टीओडी मिटर नदिएर पुनः पठाए पत्र सरकार र प्राधिकरण बोर्डकै निर्णयविपरीत कुलमानले उद्योगमा टीओडी मिटर नदिएर पुनः पठाए पत्र

 


प्रकाशित : बुधबार, कात्तिक २८ २०८११४:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend