बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आज ९९ नेपाली कामदार इजरायल उड्दै

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ ५ २०७८
आज ९९ नेपाली कामदार इजरायल उड्दै
फाइल तस्बिर

सरकारी तवरबाट माघ ५ गते पहिलोपटक १२५ जना नेपाली श्रमिक इजरायल जाने तय भएको थियो। २६ जनामा कोरोना देखिएपछि ९९ जना मात्रै आज जान लागेका हुन्। 

काठमाडौं-आजबाट नेपाली कामदार इजरायल जाने भएका छन्। ९९ नेपाली सहित आज  ६ वर्षपछि विधिवत रुपमा रोजगारीका लागि नेपाली कामदार इजरायल पठाउन सुरु गर्न लागिएको हो। सरकारी तवरबाट माघ ५ गते पहिलोपटक १२५ जना नेपाली श्रमिक इजरायल जाने तय भएको थियो।

२६ जनामा कोरोना देखिएपछि ९९ जना मात्रै आज जान लागेका हुन्। वैदेशिक रोजगार विभागले  इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली कामदार पठाउने भएको हो। सरकारी तवरबाट यो नै पहिलो पटम इजरायल कामदार पठाउन लागिएको हो। 

विभागले सबै प्रक्रिया पूरा गरेका १ हजार ६ सय जना कामदार इजरायल पठाउनका लागि छनोट गरेको थियो। जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष रहेका थिए। विभागले छनोट गरेकका मध्येबाट इजरायलले १ हजार १ सय ७५ जना कामदार लैजाने गरी छनोट गरेको थियो।

यसरी छनोट भएका मध्ये ७ सय जनासँग सम्झौता भइसकेको छ। सम्झौता भएका मध्येमा पनि १ सय ४३ जानको भिसा प्रक्रिया पनि सम्पन्न भइसकेको छ। 

कामदारले इन्स्योरेन्स, भिसा, स्वास्थ्य जाँच, हवाई टिकटलगायतका खर्च आफैँ बेहोर्नुपर्ने छ। नेपाली श्रमिकले हप्ताको ४२ घण्टा काम गर्नुपर्नेछ। तलब मासिक १ हजार ६ सय डलर भन्दा बढी हुन्छ। 

दोस्रो चरणमा १४ माघमा एक सय ६२ जना इजरायल उड्ने
इजरायल रोजगारीका लागि तयारी अवस्थामा रहेका नेपाली कामदारमध्ये दोस्रो चरणमा एक सय ६२ जना उड्ने भएका छन् । वैदेशिक रोजगार विभागका अनुसार आगामी माघ १४ र १५ गते कामदार उड्ने तय भएको छ। दोस्रो चरणमा अघिल्लोपटक बाँकी रहेका  उड्नेछन् । 


प्रकाशित : बुधबार, माघ ५ २०७८०२:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend