बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अर्थमन्त्री र एमसीसी उपाध्यक्षबीच भेटवार्ता

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, भदौ २६ २०७८
अर्थमन्त्री र एमसीसी उपाध्यक्षबीच भेटवार्ता

एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोलीले शनिबार दिउँसो सिंहदरबारमा अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको हो ।

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्मा र नेपाल भ्रमणमा रहेको अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को टोलीबीच भेट भएको छ। 

एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोलीले शनिबार दिउँसो सिंहदरबारमा अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको हो।  भेटमा एमसीसीका सहअध्यक्ष जोनाथन ब्रुक्स र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीसमेत उपस्थित थिए।

नेपालमा एमसीसीबारे विवाद भैरहेका समयमा सुमार नेतृत्वको टोली नेपाल आएको हो  विशेषगरी सत्ता गठबन्धनमा समेत एमसीसीबारे फरक धारणा रहेको सम्बन्धमा सुमारले प्रमुख राजनीतिक दलका नेताहरूसँग भेटिरेहकी छिन्।

भेटमा संसदबाट एमसीसी पास गराउन अर्थमन्त्रीलाई आग्रह गरेकी थिइन्।


प्रकाशित : शनिबार, भदौ २६ २०७८१०:११
  • सम्बन्धित विषय:

  • # एमसीसी
  • # एमसीए नेपाल
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend