बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विभिन्न कार्यक्रमसहित कामना सेवा विकास बैंकले मनायो १८औँ वार्षिकोत्सव

मंगलबार, कात्तिक २७ २०८१
विभिन्न कार्यक्रमसहित कामना सेवा विकास बैंकले मनायो १८औँ वार्षिकोत्सव

बैंकले आफ्नो केन्द्रीय कार्यालयसहित सम्पूर्ण क्षेत्रीय कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। विभिन्न स्थानहरुमा सम्पन्न भएको रक्तदान कार्यक्रमबाट कुल ३ सय ९३ पिन्ट रगत संकलन भएको छ।

काठमाडौं- कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १८औँ वार्षिकोत्सव मनाएको छ। बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा देशभर सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरी आफ्नो वार्षिकोत्सव सम्पन्न गरेको छ।

कार्तिक २७ गते मंगलबार देशव्यापीरुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बैंकले आफ्नो केन्द्रीय कार्यालयसहित सम्पूर्ण क्षेत्रीय कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। विभिन्न स्थानहरुमा सम्पन्न भएको रक्तदान कार्यक्रमबाट कुल ३ सय ९३ पिन्ट रगत संकलन भएको छ।

बैंकका सञ्चालक भिम प्रसाद तुलाचनबाट बैंकको बुटवल क्षेत्रमा भएको रक्तदान कार्यक्रमको समुद्घाटन भएको थियो भने केन्द्रीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटल, रक्तसञ्चार केन्द्रकी निशा भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गरि समुद्घाटन गरेका थिए।

बैंकले सर्वाधिक रक्तदान गर्ने कर्मचारीहरुमा प्रमुख व्यवसाय अधिकृत दिपेन्द्र सुवेदी, कानून विभाग प्रमुख डण्डपानी भट्टराई, जोखिम सम्पत्ति विभाग प्रमुख नितेश अर्याल, शाखा प्रमुखहरु राजेश कुईकेल र यज्ञमुर्ति लुइटेल, सवारी चालक याम बहादुर श्रेष्ठलाई केएसबीबीएल आइकनको रुपमा समेत सम्मान गरेको छ। 

रक्तदान कार्यक्रम कोशी प्रदेशको इटहरी शाखा, मधेस प्रदेशको बर्दिवास शाखा, नारायणगढ क्षेत्रको खुरखुरे शाखा, पोखरा क्षेत्रको न्युरोड पोखरा शाखा, वुटवल क्षेत्रको बुटवल शाखा र पश्चिम क्षेत्रको नेपालगञ्ज शाखामा भएको रक्तदान कार्यक्रममा क्षेत्रिय प्रमुख, स्थानिय समाजसेवी, रक्तदाता तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो। 

बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी रुपमा देशभरका विभिन्न मठमन्दिरहरुको सरसफाइ, डस्टबिन हस्तान्तरण कार्यक्रम, अन्तरबैंक तथा वित्तीय संस्थास्तरीय फुटलस कप, वित्तीय साक्षरतामूलक पदयात्रा कार्यक्रमहरु आयोजना गरेको थियो। रासस


प्रकाशित : मंगलबार, कात्तिक २७ २०८११६:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend