शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

कामना सेवा फुटसल कप सिजन चार सम्पन्न

images
आइतबार, कात्तिक २५ २०८१
images
कामना सेवा फुटसल कप सिजन चार सम्पन्न

कामना सेवा विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष फुटसल कप आयोजना गर्दै आएको छ।

images
images

काठमाडौं- कामना सेवा विकास बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रमअन्तर्गत कामना सेवा फुटसल कपको चौथो सिजन शनिबार सम्पन्न गरेको छ। 

images
images
images

पुरुषतर्फको खेलको फाइनल खेलमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले डिफेन्डिङ च्याम्पियन गरिमा बिकास बैंकलाई ३-० ले हराउँदै उपाधि जितेको छ। त्यसैगरी महिलातर्फको फाइनल खेलमा लुम्बिनी विकास बैंकले ग्लोबल आइएमई बैंकलाई २-० ले हराउदै उपाधि जितेको छ। विजेता तथा उपविजेता टिमलाई बैंकको तर्फबाट ट्रफी, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो।

images
images

कामना सेवा विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष फुटसल कप आयोजना गर्दै आएको छ।

images
images

बैंकका सञ्चालक विश्वेश्वर सुवेदीले एन्फा रेफ्री नारायण अधिकारीलाई बल हस्तान्तरण गरी कार्यक्रमका शुभारम्भ भएको उक्त प्रतियोगिताको समापन कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले विजेता तथा उपविजेताहरुलाई पुरस्कार वितरण गरेका थिए।

पुरुषतर्फ कुल १४ र महिला तर्फ कुल ७ टिमको सहभागिता रहेको थियो। उक्त प्रतियोगितामा बैंकका प्रमुख सञ्चालन अधिकृत विकास ढुंगानालगायत विभिन्न विभागीय प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।

बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको दिन २७ गते मंगलबार देशव्यापीरुपमा रक्तदान कार्यक्रमसमेत आयोजना गर्दैछ।


प्रकाशित : आइतबार, कात्तिक २५ २०८११४:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend