बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपालको उर्जा क्षेत्रको विकासका लागि भारत भ्रमण उपलब्धीमुलक : उर्जामन्त्री खड्का

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक २२ २०८१
नेपालको उर्जा क्षेत्रको विकासका लागि भारत भ्रमण उपलब्धीमुलक : उर्जामन्त्री खड्का

उनले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) सम्मेलनका क्रममा नेपालको सौर्य उर्जाको विकासमा आइएसएले सहयोग गर्ने प्रतिवद्धता जनाएको बताए।

काठमाडौं ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालको उर्जा क्षेत्रको विकासका आफ्नो भारत भ्रमण उपलब्धीमुलक भएको बताए। 

भारतको नयाँदिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिएर बुधबार साँझ नेपाल फर्किएका मन्त्री खड्काले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पञ्चेश्वर, अरुणलगायतका आयोजनालाई चाँडै अगाडि बढाउने विषयमा भारतसँग सकारात्मक छलफल भएको बताएका हुन्।

'नेपाल-भारतबीचमा आयोजना अगाडि बढाउने विषयमा रहेका असहमतिलाई एक आपसमा समन्वय गरी तत्काल अगाडि बढाउने विषयमा दुई देशबीच सहमति भएको छ,' मन्त्री खड्काले भने। मन्त्री खड्काले  भारतले नेपालको विषयमा धेरै चासो र चिन्ता लिएको पाएको बताए।  

उनले नेपाल सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई कसरी परिपूर्ति गर्ने भनेर भारतका ठूला व्यवसायी र संस्थाहरुसँग छलफल गरेको उल्लेख गरे। 

उनले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) सम्मेलनका क्रममा नेपालको सौर्य उर्जाको विकासमा आइएसएले सहयोग गर्ने प्रतिवद्धता जनाएको बताए।

भारत भ्रमणका क्रममा मन्त्री खड्काले भारतका जल शक्ति मन्त्री सी आर पाटिल, अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) का अध्यक्ष एवम् भारतका नविन एवम् नवीकरणीय उर्जामन्त्री प्रल्हाद वेंकटेश जोशी र विद्युत मन्त्री मनोहरलाल खट्टरसँग छुट्टाछुट्टै भेट गरेका थिए। मन्त्री खड्काले भारतका उर्जामन्त्रीले नेपालमा आउने प्रतिवद्धता व्यक्त गरेको बताए। 

मन्त्री खड्काले जलविद्युतमा लगानी र काम गर्ने वातावरण बनाउन थप आवश्यकता रहेको बताए। उनले काम गर्ने वातावरण भए नेपालमा भारतका मल्टिपल कम्पनीहरु नेपालको जलविद्युतका काम गर्न उत्साहित देखिएको उल्लेख गरे। 


प्रकाशित : बिहीबार , कात्तिक २२ २०८१०९:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend