बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

टिकटकसहित तीनवटा प्ल्याटफर्म नेपालमा सूचीकृत, मेटा र एक्स अझै आएनन्

बुधबार, कात्तिक २१ २०८१
टिकटकसहित तीनवटा प्ल्याटफर्म नेपालमा सूचीकृत, मेटा र एक्स अझै आएनन्

सरकारले कार्यविधि अनुसार टिकटक जस्तै अरु सबै प्ल्याटफर्मलाई अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्था गरेको छ।

काठमाडौं- लोकप्रिय समाजिक सञ्जाल टिकट नेपालमा सूचीकृत भएको छ। सरकारले ल्याएको नियमअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहत टिकटक सूचीकृत भएको छ। 

सरकारले सूचीकृत हुनका लागि आह्वान गर्दै विभिन्न प्ल्याटफर्मलाई पत्राचार पनि गरेको थियो। सरकारको आह्वानसँगै टिकटकसहित तीनवटा प्ल्याटफर्म नेपालमा सूचीकृत भएका छन्। 

मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार सबैभन्दा पहिला भाइबार र त्यसपछि वीटल्क सूचीकृत भएको थियो। त्यसपछि अहिले टिकटक पनि सूचीकृत भएको हो।

नेपालमा सूचीकृत भएर स्थानीय कन्टेन्टलाई शुद्धीकरण गर्न भन्दै सरकारले मापदण्ड ल्याएको छ। सरकारले कार्यविधिअनुसार टिकटकजस्तै अरु सबै प्ल्याटफर्मलाई अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्था गरेको छ। 

सबैभन्दा धेरै प्रभाव हुने गुगल, मेटालगायतले भने अहिलेसम्म सम्पर्क गरेका छैनन्। यद्यपि यी कम्पनीका तर्फबाट प्रतिनिधिमूलक संस्थाले भने यसअघि सम्पर्क गरेका थिए।


प्रकाशित : बुधबार, कात्तिक २१ २०८११३:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend